८० बोतल लागुऔषधसहित एक पक्राउ

सिरहा । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको सिरहा नगरपालिका– १७ स्थित लचकाबाट सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

आईतबार साँझमा आएको हावाहुरीको मैका छोपी खेत हुँदै भारतीय बजार जयनगरबाट माडर आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले सिरहा नगरपालिका– १७ बस्ने बिजयालाल पासवानको साथबाट डाइलेक्स डि.सी – ८० बोतल र गुटखा ४३ हजार ५ सय बराबरको लागुऔषधसहित प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले जानकारी दिए ।

पक्राउ परेको युवालाई आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाइएको एसपी कंडेलले बताए ।

प्रतिक्रिया