स्वदेश फर्किएकाहरूको व्यवस्थापनमा कठिनाइ

अर्घाखाँची । भारतमा रोजगारी तथा विभिन्न पेसा व्यवसाय गरिरहेका नेपाली भारतबाट स्वदेश आउने संख्या दैनिकजसो बढ्दै गएको छ । भारत सरकारले रेलसेवा सञ्चालन गरेसँगै नेपाली मुख्यसीमा कृष्णनगर र सुनौलीसम्म आउने र स्थानीय सरकारको व्यवस्थापनमा आवश्यक गाडीको व्यवस्था मिलाई अर्घाखाँची आउने गरेको जिल्ला आउने नेपालीले बताएका छन् ।

सीमाक्षेत्रमा पटकपटक आफैँ गई र आवश्यक व्यवस्थापन मिलाई आफनो पालिकाका नागरिकलाई ल्याउने काम गरेको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । उनले भने, ‘केही दिनदेखि दिनहुँजसो गाडीको व्यवस्था मिलाई ल्याएका छाँै, भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखेका छौँ, शनिबार मात्र ८५ जना ल्याएका छौँ, दुःख पाउने सबैलाई ल्याउने योजना छ ।’

दैनिकजसो नगरपालिका नागरिकलाई सीमाक्षेत्रवाट पालिकामा ल्याई क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको भूमिकास्थान नगरपालिका नगरप्रमुख रेशम थापाले बताए । उनले भने, ‘सबै वडामा क्वारेन्टाइन बिस्तार गरी आवश्यक व्यवस्थापन मिलाएका छाँै, सबै पक्षको सहयोगको आवश्यक छ ।’

पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले विभिन्न गाडीमा आउने आफ्नो पालिकाका नागरिकलाई क्वारेन्टाइनमा ल्याउने पालिकाकै गाडी सञ्चालन गर्ने ड्राइभरले नमानेपछि आफँै गाडी चलाएर विभिन्न वडामा ल्याएको बताए । उनले भने, ‘पालिकाभरीकै भारत र तेस्रो देशमा रहने सबै नागरिकको डाटा तयारी गरेका छाँै, सबैलाई व्यवस्थापन गर्नेगरी योजना बनाउँदै छौँ, नागरिकको सेवामा काम गर्न पालिकाको टिम नै प्रतिबद्ध छ ।’

भारतबाट आउन चाहने सबैलाई सीमाक्षेत्रमा आएर सम्पर्क गर्ने आग्रह गरेको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । उनले भनिन्, ‘सुनौली र कृष्णनगरबाट ल्याउने काम गरेका छौँ, गाडीको आवश्यक व्यवस्था मिलाउँछाँै, जोकोहीलाई पनि मलाई जतिवेला पनि सम्पर्क गर्न सक्नुहुनेछ, म गाडी र आवश्यक प्रक्रिया पनि मिलाएकी छु । हाम्रो नागरिकका समस्या समाधान गर्न हामी जतिवेला पनि तयार छौँ ।’

उनीहरूलाई सुरक्षित तरिकाले जिल्ला ल्याउन लागे पनि जिल्ला आउने नेपालीले अनेक खालका गुनासा गरेका छन् । नाम बताउन नचाहने क्वारेन्टाइनमा रहेका भारतबाट आएका नेपालीले भने, ‘क्वारेन्टाइनमा राम्रो व्यवस्था भएन, राम्रो व्यवहार पनि भएन, अनेकन खालका समस्या मात्र देखाउने गरिन्छ, गाडीमा आउँदा पनि निकै दुःख पाएर आइयो, आपैmँ गाडीको पैसा तिरियो ।’

यतिवेला जोखिम झन्झन् बढ्दै गएको छ । ढिलोचाँडो नेपाली स्वदेश फर्किंदै छन् । कतिपय नेपालीले कोरानाकै कारण विदेशी भूमिमा मृत्युवरण गरिरहेका छन् । कैयाँै नेपालीलाई विभिन्न देशमा महिनौँदेखि जागिरबाट निकालेको जानकारी आएको छ । उनीहरू आफनो खाना खाएर बन्द कोठामा बस्न विवश छन् । कतारमा रहेका अर्घाखाँचीका अनिल भट्टराईले भने, ‘जागिर पनि गुम्यो, भएको पैसा पनि सकियो, धेरैले मतलव गर्न छोडे मनभरि चिन्ता छ, दिनहँु घरबाट फोन आउँछ, घरमा पनि उतिकै चिन्ता छ राजदूतावासको पनि फोन उठदैन, समस्या छ ।’

उनीहरुको यस्तो कहालीलाग्दो पीडालाई सरकारले जस्तोसुकै मूल्य चुकाएर भए पनि जतिसक्दो चाँडो सम्बोधन गर्नुपर्छ उनीहरूलाई सुरक्षितपूर्वक स्वदेश ल्याउनका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने सरोकारवालाको भनाइ रहेको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया