विश्वभर २४ घण्टामा १ लाख ५ हजार संक्रमित थपिए

विश्वमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५१ लाख ८८ हजार ७०५ पुगिसकेको छ । यसमध्ये २० लाख ७८ हजार ४८७ निको भइसकेका छन्

कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ जना पुगेको छ ।

भाइरस संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्ला केही हप्ताको तुलनामा बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् ।

अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा २७ हजार २६२ संक्रमित थपिएका छन् । अमेरिकामा केही हप्तादेखी यो संख्या २० हजारको सेरोफेरोमा थियो

केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या १ लाखभन्दा कम रहने गरेको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको हो ।

यस्तै ब्राजिलमा १६ हजार ७३०, रुसमा ८ हजार ८४९, भारतमा ६ हजार १९८, पेरुमा ४ हजार ७४९ कोरोना संक्रमित एकै दिन थपिएका छन् ।

प्रतिक्रिया