उभिएर बोल्न सकेनन् प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सकेका छैनन् । मंगलबार सरकारको नीति तथा कार्यक्रमबारे सम्बोधन तथा त्यहाँ उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताएका हुन् ।

त्यसपछि प्रधानमन्त्री ओलीलाई बसेर बोल्न व्यवस्था मिलाइएको छ । केही महिनाअघि मृगौला प्रत्याराोपण तथा अप्रेशन गराएका प्रधानमन्त्री ओलीलाई त्यसैको समस्याले उभिएर बोल्न गाह्रो भएको हो ।

प्रधानमन्त्री ओलीले उठेर बोल्न गाह्रो भएको जानकारी दिएपछि आफ्नै सिटमा गइ बसेरै सम्बोधन गर्न सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गरेका हुन् । त्यपछि प्रधानमन्त्रीले सिटमै बसेर सम्बोधन गरेका छन् ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले चालेका कदम सफल रहेको बताउँदै नीति तथा कार्यक्रम पनि कोरोनाको प्रभावमा केन्द्रीत भएको बताएका छन् ।

प्रतिक्रिया