प्रतिष्ठानको ‘कोरोना आकस्मिक सहयोग’ समिति गठन

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ‘कोरोन विशेष आकस्मिक सहयोग’ समिति गठन भएको छ । विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि क्रमिक रूपमा बढ्दै जान थालेपछि प्रतिष्ठानको उक्त समिति गठन गरिएको केन्द्रीय महासचिव तथा उक्त समितिका सदस्यसचिव सुवास केसीले जानकारी दिए ।

सो नवगठित समितिमा वरिष्ठ उपाध्यक्ष रिता थापामगर संयोजक रहेकी छन् भने सदस्यसचिव सुवास केसीका साथै गायिका राधिका हमाल, देवी घर्तीमगर, सम्झना लामिछानेमगर, तथा गायक हरि डाँगी, मोडल पिएन सापकोटा, निर्देशक प्रकाश भट्ट, सुवास रेग्मी सदस्य रहेका छन् । त्यसैगरी, अनुगमन सल्लाहकारमा गायक तथा निवर्तमान अध्यक्ष बद्री पंगेनी, पूर्व अध्यक्ष दुर्गा रायमाझी र केन्द्रीय सल्लाहकार पृथ्वी थकाली रहेका छन् ।

प्रतिष्ठानले कलाकारदेखि विभिन्न वर्गका मानिस कोरोना भाइरसका कारण देशमा जारी भइरहेको लकडाउनबाट समस्यामा परेका हरूलाई सहयोग गर्ने केन्द्रीय अध्यक्ष रमेश बिजिले जानकारी दिए । अध्यक्ष बिजिली सहयोग गर्न चाहने दाताहरूलाई पनि समन्वय गर्न आग्रह गरेका छन् ।

साथै, यस विषम परिस्थितिमा उक्त समितिमार्फत सहयोग गर्न चाहनेहरू विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई कोविड-19 आकस्मिक सहयोग समिती(NFDSA) महालक्ष्मी विकास बैंकको खाता ०५५००१००४७३३४५०००००१ नम्बरमा जम्मा गर्न पनि सकिने समितिकी संयोजक रिता थापामगरले जानकारी दिइन् । देशभर कोरोना भाइरसको संत्रास तथा लकडाउनबाट धेरै मानिसहरू आफ्ना दैनिक रोजगारीलगायत विभिन्न कारणबाट समस्यामा परेका छन् ।

प्रतिक्रिया