संयुक्त चुनावी घोषणापत्रले पाएको वहुमत हो

राजनीति कस्तो गर्ने ? ईमान, बिचार, चलखेल, वा जालझेलको राजनीति गर्ने ? सिद्धानतको राजनीति गरेर देश र जनताको सेवा गर्ने हो कि स्वार्थको राजनीति गरेर देश र जनतालाई धोका दिने हो । राजनीतिमा निष्ठाको स्थान हुन्छकि हुन्न ? राजनीतिमा आस्था र विश्वासको मूल्य हुन्छकि हुन्न ? राजनीति सुन्दर प्रवचन मात्र हो ? विचार एउटा प्रदर्शनको विषय मात्र हो ? सिद्धान्त फलाको हाल्ने विषय मात्र हो ? यो सव राजनीति गर्ने व्यक्तीको सोचमा भर पर्दछ । राजनीति गर्नेको दृष्टिकोण, देश र जनता प्रती उसको बुझाई र साचो अर्थमा राजनीति गर्ने व्यक्तिको व्यवहारमा भर पर्दछ । व्यक्तिगत उदेश्यमा पनी यी सारा चीजहरू सम्वन्धित हुन्छन ।

राज्य सञ्चालन गर्ने नीतिलाई राजनीति भनिन्छ । यसको अर्थ राजनीति राज्यसञ्चालनको मूल साँचाे हाे। यो सवै नीतिहरूको मुल नीति पनी हो । राजनीतिले नैे नै सवै नीतिहरुलाई नेतृत्व र नियन्त्रण गर्छ । समाजलाई संगठित गर्ने, व्यवस्थीत गर्ने र परिचालन गर्ने अनि दण्डित गर्ने सवै नीतिहरू राज्यले निर्धारण गरेकोहुन्छ । राज्यसञ्चालन जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले गरेका हुन्छन । हाम्रो जस्तो दलिय व्यवस्थामा प्रतिनिधिहरूलाई राजनीतिक दलले पठाएका हुन्छन । यसले गर्दा राज्यसञ्चालन दलहरूको हातमाहुन्छ । दलहरूले लिएको नितिकै आधारमा राज्य चलेकोहुन्छ । अर्थात वहुदलिय व्यवस्थामा जुन दलले सरकार सञ्चालन गरेकोहुन्छ । सरकारकाकाम कारबाहीमा त्यहि दलको चरित्र वा कार्यक्रम देखिको हुन्छ, देखिनुपर्छ ।

सवै नीतिहरुको कमाण्ड राजनीतिको हातमाहुन्छ । राजनीतिको चरित्र जस्तो छ राज्य र समाज त्यस्तै ढाँचामा व्यवस्थित हुँदैजान्छ । समग्र राज्य र राज्यकाकर्महरू, राज्यसञ्चालनका विधि, प्रकृया अनी राज्यले दिने सेवाहरू त्यसै ढंगले अघि वढेका हुन्छन् । यहासम्मकी राज्यका सामाजिक सम्वन्धहरु, धर्म, संस्कार सवै त्यसै दिशामा जाने निश्चित छ । त्यसैले आजकल हुने आवधिक निर्वाचनहरूमा प्रतिस्पर्धी दलहरूले चुनावी प्रतीस्पर्धामा आफ्ना नीति, विचार तथा कार्यक्रम जनता सामु राख्ने गर्दछन । दलहरूको नीति विचार र तिनले लिने विकास रणनीतिहरूलाई अध्ययन गरेर जनताले पार्टीलाई मतदान गर्नेहुन् ।

कमरेड ईश्वर पोखरेललाई तल झारेर विष्णु पौडेललाई उचालिएको घट्ना होस । कहिले कमरेड माधवकुमार नेपाल त कहिले कमरेड झलनाथ खनाललाई उचाल पठार गरेको तिगडम होस, चाहे कमरेड वामदेव गौतमलाई दिएको आश्वासनहोस वा राष्ट्रियसभाको खाली स्थानको मनोनयन र अन्य अनेक नियुक्ति प्रकरणहोस । यस्तै सभामुख प्रकरणहोस या वजेटमा गरेको मनोपोली र अरू थरीथरीका कार्यशैलीमा देखिएका समस्याहुन सवै कुरा अहिले प्रकट भैरहेका छन

दल छान्ने काम जनताले गरेका हुन्छन । जनताको मतको आधारमा दलहरूका प्रतिनिधि चुनिन्छन । जुन दलले वहुमत प्रतिनिधि जिताउनसक्छ । उहि दलले सरकार वनाउने अधिकार प्राप्तगर्दछ । वहुदलिय संसदीय व्यवस्था अपनाएका देशहरूमा पार्टी नीति विचार सहितको चुनावी घोषणापत्र र सरकारको नेतृत्व गर्ने नेतालाई अघि सार्ने चलनछ । यसरी अघि सारीएको नेताले पनी पार्टीको सहमती र संसदीय दलको समर्थन लिनैपर्छ । संसदिय दल, पार्टी र आम जनताको समर्थन लिएरमात्र सरकार चल्ने हो । संसदीय दलमा वहुमत छ भनेर पार्टीलाई वेवास्ता गर्ने तथा छल्ने र पार्टीको समर्थन प्राप्त भएको वहानामा जनतालाई वेवास्था गर्न कसैले पाउदैन ।

संसदीय व्यवस्थामा संसदीय दलको नेता या सरकारको प्रधानमन्त्री संसदीय दलले निर्वाचित गर्नेहो । तर, प्रधानमन्त्री भए पछि दलको नेता आफ्नो पार्टी कमिटी, संसदीय दल र आम जनताप्रती जवाफदेही हुनैपर्छ । हाम्रो देशको संविधानले वहुमत प्राप्त दलको नेता नै प्रधानमन्त्री हुने र दलको नेता पार्टीले सिफारिस गरेर पठाउने व्यवस्था गरेको छ । यस कारण पार्टीलाई छल्ने, वाईपास गर्ने अनी अस्विकार गर्ने अधिकार दलको नेता, प्रधानमन्त्री र अरू कसैलाई पनी कुनै विधीले दिएको छैन । अहिलेको नेकपाको वहुमत कसैको एकल वहुमत होईन यो दुई पार्टीको संयुक्त चुनावी घोषणापत्रले पाएको वहुमत हो ।

नीति र विधानका हिसावले कम्युनिस्ट पार्टीमा सवै सदस्यहरू पूर्णरूपले पार्टीको सम्पत्ति हुन्छन् । कम्युनिस्ट पार्टीको सदस्यताको सपथपत्रले नै आफ्ना सवै चिज पार्टी मातहत राखेकोहुन्छ । उसको नीजी ईच्छा आकांक्षा समेत पार्टी मातहतहुन्छ । पार्टीको सामुहिक निर्णय नै सर्वोच्च हुन्छ र त्यसको परिपालना तथा सम्मान नै सदस्यताको अर्थहुन्छ । यसैले कम्युनिस्ट राजनीति स्वार्थ रहित राजनीति हो । देश र जनता प्रति समप्रित पवित्र राजनीति हो । यसलाई आम जनताले त्यहि पवित्रतामा वुझेका हुन । नेपाली जनताले कम्युनिस्ट पार्टीको नाममा स्वार्थको साम्राज्य चलाउन नेकपालाई मतदान गरेका हुन भन्ने कसैलाई लाग्छ भने त्यो सर्वथा भ्रममात्र हो । नेपाली जनताले निस्वार्थ देशको विकास अनी जनताको सेवा गर्ने साझा घोषणापत्रको आधारमा हामीलाई मतदान गरेका हुन् । व्यक्ति को आउछ को जान्छ जनताको चासोको विषय होईन । व्यक्ति छान्ने या पठाउने काम पार्टीको हो । व्यक्तिको वारेमा निर्णय गर्ने पुराहक सम्वन्धित पार्टीलाई हुन्छ ।

वहुदलिय व्यवस्थामा पार्टी र सरकार एक अर्कामा सम्पुरक हुन्छन । पार्टी विनाको सरकार असम्भव हुन्छ । राज्यसञ्चालन संम्बन्धित नीति निर्धारण गर्नेकाम पार्टीले गर्नुपर्छ । समस्याहरूको संकलन विश्लेषण तथा पहिचान गर्ने काम पार्टीले गर्नुपर्छ । सरकारले पार्टीका निर्णयहरूलाई रचनात्मक ढंगले कार्यान्वयन गर्ने हो । अझ कम्युनिस्ट पार्टी त देश र श्रमजिविवर्गको सेवामा समर्पित भएर राजनीति गरी रहेको पार्टी हो । फेरी पनी नेतृत्वको चरित्र को आधारमा विभीन्न देश र परिवेशमा परिणाम फरक फरक आएको देखिन्छ । कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने व्यक्ति उसको परिवेश उसको पारिवारिक संस्कार उसको सामाजिक सास्कृतिक पृष्टभूमिले राजनीतिक परिणाममा प्रसस्त प्रभाव पारेको पाईन्छ । त्यसमा पनी नेतृत्वको निष्ठा र जनता प्रतिको समर्पण सवभन्दा माथिहुन्छ ।

अहिले त नेकपामा अनेक थरिका व्यक्तिहरू आएका छन् । श्रमजिवि वर्गको राजनीति भनिएपनी नेकपामा विभिन्न वर्ग तह र चरित्रका व्यक्तिहरूले प्रवेश पाएका छन । नेकपामा सबैलाई पार्टी प्रवेश खुल्ला छ । विभिन्न उदेश्यले मानिसहरू आएका छन् । एकता नाममा हामीले आफ्नो हात माथि पार्ने कुरा मात्र हेरेर व्यक्तिहरू छिराएका छौ । कतीपय ठालु वन्न चहाने र पार्टीलाई भजाएर आफ्नो उल्लु सिधा गर्नमात्र आएका छन् । कतीपय आफ्नो ईगो साध्नको लागि राजनीतिक खोल ओडेर आएका छन् । कतिपय व्यक्तिहरू दामको लागि त कती नामको लागि राजनीतिमा आएका होलान । कतिपय व्यक्तिहरू मान प्रतिष्ठा र लाठ–सायवीको लागि राजनीतिमा आएका छन् । कतिपयको शान शौकत नै राजनीतिमा आउनुको उदेश्य हुनसक्छ । सवैलाई वरावर ठानियो भने पार्टीको चरित्र फेरिन्छ । पार्टीको शाख जोगाउन नेतृत्व सधै सचेत हुनु आवश्यक हुन्छ ।

यस्तोमा कम्युनिस्ट पार्टीलाई ठिक गर्ने भनेको विधि र प्रणालीलेमात्र हो । पार्टीलाई राजनैतिक ढंगले सहि दिशामा हिडाउने तरिका भनेको पार्टी नीतीलाई कडाईका साथ लागू गर्नु नै हो । व्यक्तिलाई गलत वाटोवाट जनकार्य तिर प्रेरित गर्ने एकमात्र उपाय संस्थागत निर्णय कार्यान्वयन हो । सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नुहो । एउटै व्यक्ति सवै थोक कहिल्यै हुन सक्दैन । अझ कम्युनिस्ट पार्टीको ज्यान भनेको कमिटी र कमिटीगत प्रणाली हो । कमिटी र कमिटी प्रणाली रहेन भने कम्युनिस्ट पार्टी पनी नरहन सक्छ । अहिले नेकपामा देखिएको समस्या भनेको सामूहिक नेतृत्वलाई अस्विकार गरेर जन्मीएको समस्या हो । पार्टीलाई निजत्वको आधारमा चलाउन खोजेर जन्मीएको समस्या हो । अझ सरकारको नेतृत्व गरीरहनु भएका अध्यक्ष कमरेडले पार्टीका सवै नीति विधी र प्रकृया पन्छाएर आफैले एकल सरकार चलाउन खोज्नुको परिणाम हो । यही पृष्ठभूमिमा देखिएको हो नेकपा भित्रको हंगामा ।

निष्ठा र ईमानको राजनीति छोडेर चलखेलको राजनीति गर्नु समस्याको अर्को कारण हो । पार्टीको सचिवालय मै भएको उचाल पछार र जालझेल अर्को महत्वपूर्ण कारण हो । पार्टीको स्थापित विधी अनुसार पार्टी र सरकार वीच समन्वय गररेर अघि वढ्नुको साटो लप्पन छप्पन तिरलाग्नु अर्को कारण हो । सरकारको तर्फवाट पार्टी निर्णय मान्न अस्विकार गर्नु, आफु सरहका पार्टी नेताहरूलाई तिरस्कार गर्नु अनी कोटरी भित्रको बहकाउमा आएर दुरगामी महत्व विविदास्पद निर्णयहरू गरेर पछि हट्न वाद्य हुनु सरकार प्रमुखको अर्को कमजोरी हो । हालै जारी गरेर फिर्ता गरीएको दल विभाजन सम्वन्धि पार्टी नीति विपरितको वेमौसमी विधेयक प्रकरणले त प्रधानमन्त्रीको सचिवालय र कोटरी कती कमजोर , अपरिपक्व र नोक्सानदायी रहेछ सव सतहमा ल्याई दिएको छ । यी र यस्ता महत्वपूर्ण विषयहरूलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनु पर्दछ र दम्भ रहित ढंगले आफुलाई सच्याउन तयार हुनुपर्दछ ।

अहिले एकै पटक दुई वर्षदेखि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट भएका अनेकौ चटकहरूको परिणाम देखिदै छ । चाहे त्यो कमरेड ईश्वर पोखरेललाई तल झारेर विष्णु पौडेललाई उचालिएको घट्ना होस । कहिले कमरेड माधवकुमार नेपाल त कहिले कमरेड झलनाथ खनाललाई उचाल पठार गरेको तिगडम होस, चाहे कमरेड वामदेव गौतमलाई दिएको आश्वासनहोस वा राष्ट्रियसभाको खाली स्थानको मनोनयन र अन्य अनेक नियुक्ति प्रकरणहोस । यस्तै सभामुख प्रकरणहोस या वजेटमा गरेको मनोपोली र अरू थरीथरीका कार्यशैलीमा देखिएका समस्याहुन सवै कुरा अहिले प्रकट भैरहेका छन ।

अझ हालैको सचिवालय बैठकमा कमरेड वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन र कमरेड माधवकुमार नेपाललाई तेश्रो अध्यक्ष वन्न प्रस्ताव गरिनुले नेतृत्व कुन धरातलमा उभिएको छ छर्लङ्ग भएको छ । यसले हाम्रो सैद्धान्तिक र चिन्तनको क्षत्रमा रहेका गम्भीर समस्याहरू तिर संकेत गर्दछ । हामीले यी र यस्ता विचलनका क्षेत्रहरूमा गम्भीरता पूर्वक छलफल गर्नुपर्दछ । पार्टीको औपचारिक कमिटीमा वसेर व्यापक वहस गरेर समुचित निष्कर्ष निकालिनु पर्दछ । पार्टी र सरकारका कामहरूको वस्तुनिष्ट समिक्षा गर्नुपर्छ ।

सतहमा देखिएका यावत समस्याहरूलाई तत्काल टालटुल गर्नेमात्र होईन फेरी नवल्झने गरी समाधान गर्नुपर्दछ । जालझेल, लेनदेन र उठा पटक होईन पार्टीको संस्थागत विधि र सामुहिक निर्णयवाट समस्याहरूको समाधान खोजिनु पर्दछ । दुनियाले थाहा पाउने गरी छलफल गर्नु पर्दछ । हाम्रो पार्टी जनतामा आधारित कार्यकर्ताको पार्टी हो । कार्यकर्ता र जनतालाई विश्वास हुने गरी वहस गरेर टुंगो लगाउनु पर्दछ । सवै काम पार्टी एकतालाई केन्द्रमा राखेर गर्नुपर्छ । ताकी आगामी दिनमा कसैले पार्टी र जनतालाई अप्ठेरोमा पार्ने काम नगरोस ।

प्रतिक्रिया