राहतको नाममा हुर्मत लिन भएन

विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै तिर लकडाउन भएको छ । नेपालमा पनि विगत १६ दिनदेखि लकडाउन जारी छ । आउने दिन अझ कठिन हुने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिसकेका छन् । उनको भनाइका आधारमा पनि अझै सचेत हुनपर्ने देखिन्छ । यो महामारीको उपचार भनेकै लकडाउनबाहेक अरू केही छैन हालका लागि । नेपालमा कोरोना भाइरसको दोस्रो चरण सुरु भइसकेकाले थप सतर्कता अपनाउनैपर्ने बाध्यता हामी सामु छ । यसले लकडाउनलाई अझ कयौं दिनसम्म धकेल्ने हो पत्तो छैन । यस्तो बेला मासिसहरु घर भित्रै बस्ने भएकाले व्यापार, व्यवसाय र रोजीरोटीको काम नहुँदा निन्न वर्गका मानिसलाई दैनिक जीवन धन्न र चुल्हो बाल्न कठिन भएको छ । कसरी गुजारा गर्ने भन्ने चिन्तामा पर्न थालेका छन् मानिसहरु ।

लकडाउन लम्बिदै जाँदा एका थरी मानिसलाई बिहान बेलुकाको छाक टार्न सकस भैरहेको छ भने हुनेखाने धनाढ्यलाई यसले खासै समस्या पारेको देखिदैँन । ज्याला मजदुरी गर्ने मजदुर र सडक पेटीमै पसल थापेर गुजारा गर्नेहरु यति बेला नराम्ररी पीडित बनेका छन् । जीवन धान्न चाहिने न्यूनतम खाद्यान्न अभावको सामना गरिरहेका छन् उनीहरु । यस्तो बेलामा राहत दिने नाममा दाता भनिनेबाट हुर्मत लिने काम भएको छ । कतिपय स्थानमा स्थानिय तहका प्रतिनिधि र संघसस्थामा मानिसहरुले सहयोगका नाममा एक परिवारलाई छाकसम्म टार्न नगुग्ने सामान दिने र दशौं जनाले हात छोएर फोटो प्रदर्शन गरेको समेत देखियो । यस्तो प्रवृद्धिको सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ । एक पेट भर्न मुश्किल हुने राहत दिएर प्रचारबाजी चर्को गर्नेहरुले राहतको नाममा गरिबी माथि प्रहार गरेको आभास दिलाएको छ ।

राहत कसरी दिने, कस्लाई दिने र कति दिने भन्नेमा समेत अन्यौलता देखिएको छ । राहत दिँदा पुग्नु पर्ने लक्षित वर्गमा पुगेको छ की छैन भन्ने अनुगमन समेत भएको पाइँदैन । केही दिन अघि हुने खाने वर्गले राहत लिएका तस्बिर र समाचार बाहिर आए । यसले सरकारले स्थानीय तहमार्फत वितरण गरेका राहतमा हुनेखाने वर्गकै पहुँच बढी भएको देखाउँछ । यस्तो महासंकटका बेला सरकारले दिने सीमित र न्यूनतम राहत पनि आर्थिक हैसियत भएका व्यत्तिले पाउनु विडम्बना हो । यसले स्थानीय निकायको नियत र कार्यदक्षता माथि प्रश्न उब्जाएको छ । यति मात्रै होइन राहत बाडनका लागि की आहतमा परेकाको लागि ? भन्ने प्रश्न उठेको छ । पाउनु पर्नेले न पाउने नपाउदा पनि हुने पाउने हो भने राहत कीन ? त्यसैले यति बेला गरीखानेहरुको रोजीरोटी खोसिएको अवस्था छ । कलकारखाना बन्द छन् । रोजगारदाताले क्षतिपूर्ति वा यस्तो अप्ठेरो पर्दा केही आर्थिक सहयोग दिनसक्ने अवस्था पनि छैन । अहिलेको राहत भनेको सरकारकै सुव्यवस्थामा भर पर्नुबाहेक विकल्प नभएकाले राहत दिँदा आहत नपुग्ने गरी बिहान बेलुका छाक टार्न समस्या भएका वर्गमा पु¥याउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया