मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउँने तयारी

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरसको सम्भावीत जोखीमलाई मध्यनजर गर्दै लकडाउनको समय लम्ब्याउँने तयारी गरिएको उच्च स्रोतले जनाएको छ ।

गत शनिबार कैलाली र कञ्चनपुरमा थप तीन जना कोरोनाबाट संक्रमित पुष्टि भएसँगै अझै कोरोना भाइरस फैलने सम्भावना रहेको भन्दै सरकारले लकडाउनको समय लम्ब्याउँने तयारी गरेको छ ।

अघिल्लो आइतबार बसेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । यसबारे निर्णय गर्नका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

यसअघिको मन्त्रिपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट विधिबारे सम्भावित संक्रमितको पहिचान गर्ने निर्णय गरेको थियो ।

साथै, कोरोना संक्रमणको उच्च जाेखीमलाई मध्यनजर गर्दै सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेशमा जानसमेत रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया