वन सुरक्षाटोली र तस्करबीच गोली हानाहान

रौतहट । रौतहटमा सामुदायीक वनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समूहबीच दोहरो गोली हानाहान भएको छ ।

गुजरा नगरपालिका २ स्थित अन्जुमनमा सुरक्षाटोली र तस्कर समुहबीच आइतबार साँझ गोली हानाहान भएको हो ।

भीडन्तमा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको सेक्टर वन कार्यालय चोँचाले जनाएको छ । गोली हानाहानमा सुरक्षाटोली तर्फ कुनै क्षति भएको छैन भने तस्कर समूह भागेका छन् ।

तस्करले छोडेर भागेको एकथना भरुवा वन्दुक गस्तीटोलीले बरामद गरेको वन कार्यालयले जनाको छ ।

प्रतिक्रिया