बेलायतका प्रधानमन्त्रीलाई कोरान संक्रमण

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । उनलाई १० दिनअघि कोरोना भाइरस पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार साँझ लण्डन अस्पतालमा भर्ना भएका हुन् ।

उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ । डाक्टरहरुले उनमा सतर्क हुुनुपर्ने अवस्था देखिएको बताएका छन् । उनको अनुपस्थितिमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गरेका छन् ।

बीबीसीका अनुसार जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताका अनसार आफ्नो डाक्टरको सल्लाहअनुसार प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोनसोनको स्वास्थ्य समस्याप्रति चिन्ता जाहेर गरेका छन् । उनले आफ्नो पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्ध आफैं लडिरहेका जोनसोनप्रति स्वास्थ्य लाभको कामना गरेका छन् । ‘सबै अमेरिकीहरुले उहाँको लागि प्रार्थना गरिरहेका छन् । उनी मेरा असल मित्र हुन् । उनी ठूला जेन्टलम्यान र ठूला नेता हुन्’ ट्रम्पले भनेका छन् ‘म ढुक्क छु कि उनी ठीक हुन्छन्, किनकी उनी बलिया मान्छे हुन् ।’

प्रतिक्रिया