श्रीलंकामा झन्डै तीन हजार कैदीलाई छाडियो

एजेन्सी । श्रीलंकामा झन्डै तीन हजार कैदीलाई छाडिएको छ । विश्वभर महामारीले फैलिएको कोरोना भाइरसको त्रासले श्रीलंकाले दुई हजार ९ सय ६१ जना कैदीलाई रिहा गरिएको जनाइएको छ ।

रिहा गरिएका श्रीलंकाका कैदीहरूमा सामान्य अपराधमा अधिकांश सजाय भुक्तान गरिसकेका रहेको बताइएको छ । श्रीलंकामा पनि कोरोनाबाट पाँच जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ सय ६६ जना पुगेको छ । Photo Source : gettyimage 

प्रतिक्रिया