‘ए कान्छा’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका जमुना आचार्य र गायक गोकर्ण रानामगरको आवाजमा ‘ए कान्छा’ गीतको भिडियो सार्वजनिक गरिएको छ । मौलिक शब्द समेटेर गीत तयार पारिएको गायिका आचार्यले बताइन् । गायिका आचार्यकै शब्द तथा संगीत गीतमा रहेको छ ।

त्यस्तै, रुपा–थापा अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा प्रतिकबहादुर श्रेष्ठको छायांकन रहेको छ भने दिनेश मुस्कानको सम्पादन रहेको छ । साथै, गीतको भिडियोमा निर्देशक रुपा थापा–अधिकारी र कमल खनालको अभिनय छ ।

प्रतिक्रिया