बालक्लवद्वारा गाउँ प्रवेशमा रोक

प्यूठान । परिवर्तनशिल बालक्लवले अपरिचित व्यक्तीलाई गाउँ प्रवेशमा रोक लगाएको छ । कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भन्दै झिमरुक गाउँपालिका– ७ हिडँडाडामा गठित बालक्लवले आफ्नो गाउँ आवतजावतमा रोक लागाएकाे हाे ।

आइतबार विहान बालक्लवले गाउँका आवतजावत गर्ने नाकाहरूमा प्रवेशमा निषेध गरिएको सूचना टाँसेकाे छ । सरकारले एक ठाउँबाट अर्को ठाउँ प्रवेश नगर्न भन्दै लकडाउनको कडाई गरिरहेका बेला झिमरुक, तुषारा, हिडँडाडाका बालक्लवले सो अभियान चलाएकाे हाे  । कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न यस्तो अभियान थालेको क्लवका अध्यक्ष अशोक पोख्रेलले जानकारी दिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया