कोरोना देखेएकी युवतीका परिवार सात जनाको रिपोर्ट नेगेटिभ

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

परिवारका आठ सदस्यको थ्रोट स्वाब संकलन गरिएकोमा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट शनिबार पोजेटिभ आएको तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए । दिल्लीबाट काठमाडौं आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।

प्रतिक्रिया