कोरोना संक्रमण दोस्रो चरणमा

काठमाडौं । विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि दोस्रो चरणमा प्रवेश गरेको सरकारले बताएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोस्रो चरणमा काेराेना संक्रमण प्रवेश गरेको बताए ।

उनले छिमेकी मुलुकमा संक्रमण फैलिएसँगै नेपाल पनि कोरोना दोश्रो चरणमा प्रवेश गरेर महामारीका रूप लिन सुरु गरेको जानकारी दिए । साथै, डा. देवकोटाले विदेशबाट आएकाहरूलाई अनिवार्य क्‍वारेन्टाइनमा बस्नसमेत आग्रह गरेका छन् ।

नेपालमा कोरोना संक्रमितका बिरामी ६ जना पुष्टि भएकोमा शनिबार कैलाली र कञ्चनपुरमा गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती व्यक्तिसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ९ जना पुगेको छ ।

संक्रमित ९ जनामध्य एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने आठ जनाको उपचार भइरहेको छ । यतिबेला देशभर नै लकडाउन गरिएको छ । दोस्रो चरणको लकडाउन पुःन थप गरिए पनि आगामी चैत २५ गते सकिँदै छ । त्यसपछि पनि सरकारले लकडाउन लम्ब्याउँन सक्ने सम्भावना बढी देखिएको छ ।

प्रतिक्रिया