सचेतना लिएर गाउँमा प्रहरी

प्यूठान । जिल्लाका शहर बजारसँगै बिकट ग्रामीण बस्तीमा कोरोनासम्बन्धी सचेतना अभियानसहित यतिबेला प्युठान प्रहरी गाउँ–गाउँमा पुगेको छ । ग्रामीण विकट बस्तीमा कुनै अपराधिक घटना घटेपछि गाउँ पुग्ने प्रहरी यतिबेला प्रायः दैनिक जस्तै जनचेतना लिएर गाउँ पुग्ने गरेका छन् ।

पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिइरहेको बेला रोगबाट बच्न माइकिङबाट जनतालाई साबुनपानीले पटक–पटक हात धुने, आफ्नो दैनिक आनिबानी परिवर्तन गर्ने, धेरै जना एकै ठाउँ भेला भइ भीडभाड नगर्ने, घरबाट बाहिर ननिस्कने, निस्कनै परे पनि माक्स लगाए निस्कने लगायतका विषयमा स्थानीयलाई जानकारी गराउदै गाउँ जाने गरेको ईलाका प्रहरी कार्यालय मच्छिका प्रमुख प्रहरी नायब निरीक्षक गंगा केसीले जानकारी दिए ।

स्थानीय, स्थानीय सरकार र प्रहरीबीचको समन्वयमा जनतामाझ जनचेतना कार्यक्रम गर्दै आएको उनले बताए । गाउँ बस्तीमा बिहानदेखि साँझसम्म माइकिङको काम गरिरहेको छौँ’, उनले भने, ‘सुरुमा जनतालाई सम्झाउन अलि गाह्रो भयो, अहिले त्यस्तो छैन सबैले कोरोनाबाट बच्नुपर्छ भन्ने बुझ्न थालिसकेका छन् ।’ गाउँघरमा अहिले लकडाउनको पालना भएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय ओखरकोट मच्छिले झिमरुक गाउँपालिका ८ वटै वडामा र गौमुखी गाउँपालिकाकाका विभिन्न स्थानहरूलाई लक्षित गरेर प्रहरीले जनचेतनासँगै शान्ति सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा जनता माझ लगेको छ । शान्ति सुरक्षा सवारीसाधन, अपराधिक घटना, सवारी दुर्घटना लगायतमा खटिने प्रहरी टोलीले बजार क्षेत्र र अस्थायी बिटहरूबाट समेत सर्वसाधारणलाई अनावश्यक हिँडडुल नगर्न माइकिङबाट सचेत रहन सुझाएको बाताए ।

उनले भने, ‘लकडाउन उल्लघंघन गर्नेलाई पहिला सम्झाइ बुझाइ गर्छौँ, ‘जबर्जस्ती गर्न खोजे नियन्त्रणमा समेत लिँन्छौ ।’ जिल्लामा सुरु सुरुमा स्थानीयले लकडाउन उलंघन गर्ने गरेपनी पछिल्लो समय बुझदै गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक नरेन्द्र बहादुर कार्कीले बताए । लकडाउनको बेला अत्यावश्यक बाहेक घर बाहिर नआउन भनेकाछौँ’, प्रहरी प्रमुख कार्कीले भने, ‘जिल्लाभरी २४ वटा प्रहरी युनिटले कोरोना संक्रमणबारे घरदैलो अभियान सञ्चालन गरिरहेका छौँ ।’

यस्तो संकटको बेला प्रहरीले मात्र गरेर नभइ आम नागरिक पनि जिम्मेवार भएर हातेमालो गर्नुपर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले स्थानीय जनतालाई यस्तो बेलामा सजकता अपनाइ घरबाट बाहिर ननिस्कन आह्वान गरेको बताए । जिल्ला बासीले लकडाउनको परिपालना गरिरहेको बताए । पन्थले जिल्लाका विभिन्न स्थान, टोलबस्तीमा अनावश्यक भीडभाड गर्दा रोगको संक्रमणको जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई होम क्वारेन्टाइनमै बस्न सुझएको बताए । त्यस्को लागि स्थानीय सरकार, जनता र प्रहरीको समन्वयमा सचेतना कार्यक्रम भईरहेको बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया