थप तीन जना कोरोना संक्रमित भेटिए

काठमाडौं । नेपालमा शनिबार थप तीन जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेको पुष्टि भएको छ । कैलाली र कञ्चनपुरमा गरी थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट कोरोना संक्रमितको पछिल्लो विवरण सार्वजनिक गरिएको हो । मन्त्रालयले जनाए अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् ।

शनिबार भेटिएका कोरोना पीडितहरूमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया