चलचित्र ‘हिरो नम्बर १’ सार्वजनिक

काठमाडौं । पछिल्लो पटक नायक जयकिशन बस्नेतले निर्माण गरेको चलचित्र ‘हिरो नं १’ सार्वजनिक गरिएको छ । नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय उक्त चलचित्रमा रेहेकाे छ ।

जयकिशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा नायक बस्नेतसँगै एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

त्यस्तै, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, बिनोद सापकोटाको छायांकन, जयकिशन बस्नेत र किशोर थापाको नृत्य, सुदिप पाण्डेको सम्पादन रहेको छ भने जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् ।

प्रतिक्रिया