सतहमा देखिएका भ्रष्टाचार जन्य समस्या र पार्टीको भूमिका

भ्रष्टाचार नियती हो हाम्रो । पुँजीवादको विशेषता हो यो । कली युगको कहर हो यो । के यो कसैले रोकेर रोकिदैन । के यो कसैले छेकेर छेकिदैन । के भ्रष्टाचार नियन्त्रण नहुने चिज हो र ? कुरो त्यसो होईन । यो समयको विशेषता जरूर हो तर राज्य यन्त्रको नेतृत्व शुद्द र निस्वार्थ हुने हो भने सकारात्मक परिणाम आउछ । घरको मूल खावो वलियो भएन भने सम्पूर्ण घरको भविष्य अनिश्चित हुन्छ । अनिश्चित भविष्य सम्झिएकाहरूको करनी पनी निश्चित हुदैन । अनिश्चित भविष्य भएका जो कोहिलाई जिम्मा दिईएको छ भने उनीहरूको कुनै भर हुदैन । उनीहरूलाई दुनियासँग पनी कुनै मतलव हुदैन । आफु र आफ्ना भविष्य निर्मातासँग मात्र सरोकार राख्छन उनिहरू । अन्यथा उनिहरूको एउटै मूल मन्त्र हुन्छ, ‘सारसोर पारौ गफ्फा मारौँ’ अर्थात जाहा जे छ चाडो खोज, हामीसँग समय छैन । मौकामा चौका हानी हालौ ।

रियलमा स्थिती सोचनिय छ । एक पछि अर्को अपत्यारीला तर डरलाग्दा भ्रष्टाचार जन्य कथाहरू बाहिर आई रहेका छन । वाईड वढी आयो, छानविनको कुरा चल्यो । १ वर्ष विती सक्दा पनि कथित न्यायिक आयोगले समेत आकार लिन सकेन । संसदीय समितिको छानविन हतोत्साही भयो । अख्तियार त कती लाचार छ, कुरा नगरौँ । दुनियाँ हसाउने काम गरीरहेको छ । सतहमा आएका ठुल–ठुला भ्रष्टाचारका केश भन्दा पनि टाईम पास गर्ने खालका खरिदार मुखिया र राहत शिक्षक नियुक्तिका लफडामा अल्झि रहेको छ ।

बालुवाटार प्रकरण अगाडी आयो, छानविन समितिको प्रतिवेदन आयो, अख्तियारले अध्ययन गर्यो । मुद्दा दर्ता गर्ने काममा डवल स्टेण्डर देखियो । त्यै कसुरमा खरिदार, सुब्बाले आत्महत्या गरे । कतिपयले छुट पाए । हाम्रो न्याय दिने क्षमता माथि प्रश्न उठ्यो । ईन्साफलाई जीउँदो राख्ने कम्युनिस्ट सोचमा आशंका पैदाभयो । हाम्रो निरन्तरको निश्पक्षता र ईन्साफको लडाईँ लरखरायो । लामो प्रयास र मेहनतका वावजुद यो प्रकरणको पनि अपेक्षा अनुरूप सकारात्मक शन्देस जान सकेन ।

फ्रिक्वेन्सी वाला विषय बाहिर आयो । हा हा मै सेलायो । सेक्युरिटी प्रिन्टर खरिद प्रकरणलाई त हकार पकार पारेर दवाउने प्रयास जारी छ भनिन्छ । मुलुकको एउटा जिम्मेवारीमा बसे पछि सपथ अनुसारको आचरण गर्नुपर्छ । त्यसमा पनि देशलाई परिवर्तन गर्न, अन्याय–अत्याचार र भ्रष्ट्राचारलाई समाप्त पार्न पार्टीले जनताको अपार जनमत पाएको कुरालाई थोरै त हेक्का राख्नुपर्छ । हैट सिधै कमिशनको दलाली गर्ने काममा संलग्न देखिने काम भएको छ । यस्तोछुट कस्ले दिन्छ । अझ सुनिन्छ कुरैसम्म त हो । काम त भएकै छैन । त्यो पनि प्रश्न उठ्ने वित्तीकै राजीनामा आईसक्यो । कुरा खत्तम भै हाल्यो । लाजको मर्नु । कसैलाई केही गरेको छैन भनेर नाङ्गै हिड्ने छुट हुन्छ र ? जनताको सिंदुरलाई ठगीको भरेङ वनाउन मिल्छ ?

अहिले कोरोना भाईरस आएको छ । पुरै देश कोरोनाको कहरले अक्रान्त छ । जनता त्राहिमान छन । कतीपय नेपालीहरूको थात न वास भएको छ । कयैँ आफ्नो देश भनेर आउदा आउदै वोर्डरमै अलपत्र भएकाछन । कयौँ यहि वारी भएर पनि अरू व्यवस्था गर्न नसक्ने अवस्थामा छन । यस्तो अवस्थामा मुलुक पुरै लकडाउनमा छ । कोरोनाको आतंक यति भयावह छ की सम्पूर्ण देशमा कहर छाएको छ । यस्तो अवस्थामा भरपर्दो र पारदर्शी ढंगले जनतालाई विश्वासमा लिएर काम गर्नुपर्नेमा यसलाई पनि ठगी खाने भाडो बनाईयो भने बाँकी के नै रहन्छ ? । ए बाबा जे गर्दा पनी हुन्छ ? नियम अनुसार भएको छ । आफुलाई चाहिए अनुसार नियम बनाउँदै मनपरी गर्दै हिडन पाईन्छ ? समय अभावको नक्कली तर्क गर्ने । माघ महिना देखि नै देशमा कोरोना देखिएको थियो । औषधिका लगि विज्ञापन भै सकेको थियो । भएको विज्ञापन खारेज गरेर, समय अभाव सिर्जना गरी मनपरी ठेक्का गर्ने ? अनी नियम अनुसार काम भएको दावी गर्ने । त्यो पनि अलीकती दुनियाँले पत्याउने तरिका अपनाउनु नी । दुनियाँले पत्याउने दर भाउ हुनुपथ्र्यो । कसैले पत्याउनै नसक्ने दर भाउमा खरीद गरेर मौकाको फाईदा उठाउने । गर्न खोजेको चाहीँ के हो ? जग हसाइँको पनि हद हुन्छ नी, अब मान्छेको मुख कसरी टाल्छन् कोनी साथीहरूले ।

मुल कुरो सोच र नियतको हो । सोच राम्रो र नियत सफा भए यस्ता लफडा आउने नै थिएनन । लोभ भन्दा अली पर, व्यक्ति गत स्वार्थ भन्दा अली माथि उठ्न सकेको भए यती चाडै यस्ता चानचुने धन्दामा विवादित वन्नु पर्ने थिएन ।

निजी स्वार्थ र क्षेत्रीय स्वार्थ, अनी गुट स्वार्थमा निर्लिप्त नभएको भए परिणाम अली राम्रो आउथ्यो । कमसेकम पार्टीको चरीत्र, यसको गौरवपूर्ण इतिहास र हजाराैँ वीर शहिदहरूको वलिदानलाई एक पटक सम्झना गरे मात्र पनि यती तल झर्ने मती आउदैन थियो होला । पार्टीको जिम्मवार  निकायमा यसो दुई मिनट सल्लाह गरेको भएपनि यती असहज हुने थिएन होला । जती पनि निर्णय हुन्छन पार्टी ववुरोलाई त थाहै हुदैन । त्यसमा पनि राष्ट्रियसभा प्रकरणदेखि त पार्टीले निर्णय गर्ने त कुरै छोडौ पार्टीले सल्लाह दिने पनि होईन भन्न थालीएको छ । यस्तो अवस्थामा सरकारमा गएका हाम्रा महामहिमहरूले स्वभाविक रूपमा निजी हितमा काम गर्ने नै भए ।

अहीले भएको पनी त्यही हो । त्यसैको परिणाम हो यो दुर्दशा । जनताको पार्टी । जनताले वलिदान गरेर बनाएको पार्टी । जनता र केवल जनताको निम्ती काम गर्न बनाईएको पार्टी । त्याग, तपस्या र बलिदानका प्रतिमूर्ति माक्र्स, लेनीन र माओलाई आदर्श मानेर निर्माण भएको पार्टी । नेकपाका संस्थापक कमरेड पुष्पलाल, कमरेड मनमोहन अधिकारी र कमरेड मदन भण्डारी जस्ता निस्काम कर्ममा समर्पीत नेताहरूको आदर्शलाई धरौटी राखेर सत्तामा पुगेको पार्टी आज कुन दशा भोग्दैछ । मार्क्सवादी विचार, सिध्दान्त र मजदुर वर्गिय चरित्रको त कुरै नगरौ कमसेकम ठुलालाई चैन साना लाई ऐन नगरिदेऊ सरकार भन्दा पनि सुनुवाई नहुने अवस्था आउने खतरा छ । जनताको आशा र विश्वास टुट्दै गएको छ । स्वयम सत्ता मनपरी नाफा मनपरी घुसको चक्करमा फसेको भ्रम दुनियाँमा पर्दै गएको छ ।

हाम्रो शौभाग्य जनताले सबैैभन्दा आशा गरिएका भनिएका व्यक्तिको नेतृत्वमा सरकार छ । जसले आफूलालाई केवल देशको लागि काम गर्ने नेताको रूपमा प्रस्तुत गरेका छन । सरकार त्यही ढंगले जिम्मेवार भएर अघि वढ्नु पथ्र्यो । हाम्रो यति ठूलो पार्टी, यो पार्टीका प्रमुख नेताहरू समेतको सहयोग र समझदारीमा सरकार चल्नु पथ्र्यो । पार्टी का अध्यक्ष कमरेड प्रचण्ड, वरिष्ट नेता द्वय कमरेड झलनाथ खनाल र कमरेड माधवकुमार नेपाल समेत तिन जना पूर्व प्रधानमन्त्री, कयौ पूर्व उपप्रधानमन्त्री भएको यो विशाल पार्टी एकल नेतृत्वमा चल्नै सक्दैन भन्ने कुरा बुझ्नु पथ्र्यो ।

अझै दुई दुई पाइलट भएको जहाजलाई वन मैन जहाज जस्तो कसैले पनि चलाउछु भनेर चल्दैन थ्यो । त्यसैले पार्टी त चल्दै चलेन । पार्टी नचले पनी सरकारले राम्रो नतिजा दिनु पथ्र्यो । दलिय व्यवस्थामा सरकार चलेन, चल्यो त केही गुट र केहि दाया वाया रहेका भान्छेहरू मात्रै । त्यसैको परिणाम हो वहाँकै नेतृत्वलाई वहाकै ईच्छा अनुसार सरकारमा राखिएकाहरूले नै विवादीत र वदनाम वनाई रहेका छन । अनी सरकारलाई दिन प्रतिदिन अलोकप्रिय र कमजोर बनाउने काम भई रहेको छ । सरकार स्थापनाको दुई वर्षमा असल कामले त परिणाम दिन सकेको छैन छैन वदनामी र विवादको भने भारी बोक्नु पर्ने अवस्था देखिदै छ ।

हिजोका दिनहरूमा सवैभन्दा राम्रो र जनतामा जान सकिने काम गरेका मन्त्री गोकर्ण विष्ट थिए । सामाजिक सुरक्षा कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर वाह वाही पाएका थिए उनले । उनै मन्त्री विष्ट हटाइए । भनिन्छ मलेसिया लगायत देशहरूमा कामदार पठाउने मामलामा उनले गरेको सुधारकै कारण मानव तस्करहरुको दवावका कारण उनी हटाइए । मन्त्री मातृका यादवले उखु किसानको पक्षमा काम गरे । फलफुल तथा तरकारी क्वाउरेण्टाईनको कुरा उठाए । उखु मालिक रिसाएकोले उनी पनि चट भए ।

कृषि मन्त्रीले दुध किसानको पक्षमा काम गरे । नेपालमा अनाआवस्यक धुलो दुध आयात गरेर दुध होलीडे गरिन्थ्यो । धुलो दुध आयात वन्द गराए मन्त्री चक्रपाणी खनालले । उनी पनि मन्त्री मण्डलमा अटाएनन । अहीले किसानको दुध पोख्न लगाएर धुलो दुध आयातको लागि दवाव वढिरहेको कुरा कृषि मन्त्रीको स्रोतबाट आउन थालेको छ । साना कर्मचारीको पक्षमा काम गरेको र निजामती ऐनमा लिएको अडानका कारण मन्त्री लालवावु विदा भएको भनिन्छ । सल्लाहकार समूहबाट अच्युत मैनाली र कुन्दन अर्याल विना कारण हटाइए । यस्तै हो भने सर्वथा ठिक भएको छैन । यसको सामूहिक समिक्षा हुनै पर्दछ र जनताले जान्न पाउनु पर्दछ ।

यदि यस्तो होईन भने के आधार र कारणले मन्त्रीहरू हटाइए, कही कतै केही आएन । मन्त्री हटाउन कारण चाहिँदैन ? कही खोजी र मुल्यांकन हुदैन । लोकप्रियताको कुरा गर्ने हो भने जनताले हटाउने सूचीमा राखेका एउटा पनि मन्त्री हटाईएन किन ? कारण प्रष्ट छ, उनीहरू शिर्ष नेतृत्वको लाईकमा थिए । मन्त्री राख्ने या हटाउने काम उसको कामको आधारमा गरिदैन । नेताहरूको लाईकको आधारमा गरिन्छ । यसो भए पछि पूर्ण जवाफदेहीता लिन तयार हुनुपर्छ । तर हाम्रो पार्टी सिस्टमले त्यो छुट दिदैन । सरकारको कामको जवाफदेहीता सिंगो पार्टीले लिनुपर्छ । यही कमजोरीको फाईदा उठाउने काम पार्टीको नाममा गलत तत्वले गरी रहेको छ ।

पार्टीले यसको समाधान खोज्नै पर्छ । के हुन्छ समाधान, समाधान प्रष्ट छ । ‘अरूमा दोष देख्नुभन्दा ठुलो दोष अरू कुनै हुनै सक्दैन’ । वास्तवमा हामीले दोष अरूमा खोज्ने होईन, आफैमा खोज्नु पर्दछ । हामी अरू तिर औला देखाएर आफु चोखो भएको दावी गर्छौ । हामी कांग्रेसका देउवालाई देखाएर आफुले राम्रो गरेको तुलना गर्छौ । हामी काग्रेस होईन कम्युनिस्ट हौ भन्ने कुरा पुरै विर्सिन्छौ । हामीले आफुलाई कम्युनिस्ट भएको ख्याल गर्नै पर्दछ र हामी आफै सच्चिनु पर्दछ । त्यसो नगरेर हामीले आफुलाई तिस्मार खानक ठान्नु, अलिकती अहम पाल्नु र सामूहिक नेतृत्वलाई विर्सनु नै मूल समस्या हो । समाधान पनि यहिबाट खोज्नु पर्दछ ।

पहिलोः सरकार पार्टाीको हुनुपर्छ । सरकारका सवै काम कार्यवाही पार्टीवाट निदेर्शित हुनुपर्छ । अनी सरकारको सवै कामको जिम्मेवारी पार्टीले लिने वातावरण वन्नुपर्छ ।

दोस्रोः पार्टीका चार शिर्ष नेताहरू पार्टी र सरकारको संवाहक वन्नु र वनाउनु पर्दछ । नेपाल कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो । कसैले एकल आधारमा चलाउछु भनेर समय वरवाद गर्नुको औचित्य हुदैन । पार्टी र सरकार लहडमा चलाउने प्रयास गर्नुको कुनै अर्थ छैन । यो पार्टीलाई यसका स्थापित सिद्वान्त, निति र घोषणापत्रको आधारमा चलाउनु पर्दछ ।

तेस्रोः अहिले केही नेताहरू बीचको स्वार्थ र संक्रिर्ण गुटगत चिन्तनका कारण सवै पार्टीको काम ठप्प भएको छ । जनसंगठनहरू वन्दी भएका छन । संस्थागत निर्णय भैरहेका छैनन । जस्ले गर्दा पार्टी र सरकार समेत कमजोर र आलोच्य भएका छन । यसलाई तत्काल सच्याउनु र सुधार गर्नु पर्दछ । खुल्ला छलफल र संस्थागत निर्णयले यो समस्यालाई हल गर्नु पर्दछ र पार्टीलाई ठिक ठाउमा ल्याउनु पर्दछ ।

चौथोः विवादमा तानिएका र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई विना मुलाहिजा तुरून्त फिर्ता वोलाउनु पर्दछ अनी छानविन गरी दोषी ठहर भए कार्यवाही गर्नुपर्दछ । त्यसपछि पार्टीले मन्त्री सिफारिस गर्दा निजी लाईकका र आफु सुहावन मान्छे भन्दा काम र निश्चित मापदण्डका आधारमा पार्टीको सामुहिक निर्णयले सिफारिश गरिनु पर्दछ । यसरी सामूुहिक र सद्भावपूर्ण निर्णय र सुझवुझ पूर्ण साझा नेतृत्वले नै अहिलेको सत्ताधारी पार्टी नेकपाको भविष्य सुनिश्चित गर्न सक्दछ ।

प्रतिक्रिया