६ स्थानबाट वितरण हुँदै नेपाल ग्यास

काठमाडौं । नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ। कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी सो तयारी गरेको जनाइएको छ ।

उपभोक्ताले नेपाल ग्यासको अभाव भएको गुनासो गरेपछि गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ।

नेपाल ग्यास कम्पनीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताएको छ । कम्पनीका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ। ‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी ग्यास वितरण गर्न लागेको जनाएको छ ।

कम्पनीले बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकबाट ग्यास सिलिण्डर वितरण गर्ने बताएको छ ।

प्रतिक्रिया