डिआर जोशी र टिका प्रसाईंको आवाजमा ‘जुन तिरै’

काठमाडौँ । गायक डिआर जोशी र गायिका टिका प्रसाईंको युगल आवाजमा ‘जुन तिरै’ बोलमा आधारित गीतको भिडियो बजारमा आएको छ । टीआर पंगालिको शब्द तथा कल्याण सिंहको उक्त गीतमा संगीत रहेको छ ।

त्यस्तै, गीतको भिडियोमा मोडल अलिसा राई र भीमफेदी ग्रुपको संयुक्त अभिनय रहेको छ । दिपक आचार्यले निर्देशन गरेको उक्त भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका छन् ।

गायक डिआर जोशीकै युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । मायाप्रेमका प्रसङ्गलाई गीतमार्फत उठान गरेर भिडियो बजारमा ल्याएको बताइएको छ । केही दिनअघि सार्वजनिक उक्त गीतको भिडियो धेरैले मन पराएका छन् ।

प्रतिक्रिया