लकडाउनमा ८७ हजार सिलिन्डर ग्यास वितरण

काठमाडौं । लकडाउनको समयमा नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा ८७ हजार ६ सय ३० ग्यास सिलिन्डर वितरण गरेको जनाएको छ ।

निगमका अनुसार चैत १४, १५ र १६ गते उक्त परिणाममा ग्यास वितरण गरेको हो। चैत १४ गते ३३ हजार ६ सय ५८, चैत १५ गते १४ हजार १ सय ८ र १६ गते ३९ हजार ८ सय ६४ को संख्यामा ग्यास सिलिन्डर वितरण भएको हो ।

यस्तै भारतबाट ग्यास पेट्रोल आयात भइरहेकोले बजारमा पठाएको जनाइएको छ । निगमले ग्यास पाएनौँ भन्ने गुनासो बढेकाले बजारमा पठाएको ग्याप कहाँ गयो भनेर डिलरसँग दैनिक विवरण माग गरेको छ । यसो गर्दा ग्यास कहाँ गै रहेको छ र उपभोक्ताले सास्ती नपाउने निगमको दाबी छ ।

काठमाडौँ उपत्यकालगायत अन्य स्थानमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले विभिन्न डिलर तथा रिटेलरहरूबाट वितरण गरेको परिमाण दैनिक रूपमा अनुगमन गरी रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया