कर्णाली सरकारको विपद् कोषलाई साढे पाँच लाख सहयोग

सुर्खेत । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सोमबार साढे पाँच लाख रुपैंया जम्मा गरिएको छ ।

कुमारी बैंक सुर्खेत शाखामा रहेको उक्त कोषको खातामा विभिन्न संघ संस्थाहरूले सहयोग रकम बराबरको चेक कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी लगायतलाई हस्तान्तरण गरेका हुन् ।

सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले रु २ लाख, सिद्वार्थ सञ्चार सहकारी संस्था सुर्खेतले रु ७५ हजार सहयोग गरेका छन् ।

त्यसैगरी, लगनशील महिला लघु उद्यमी सहकारी संस्था लिमिटेड सुर्खेतले रु ५० हजार र सिद्वार्थ नेशनल कोअपरेटिभ सेकेण्डरी स्कुलले रु २५ हजार रकम प्रदेश सरकारको विपद् कोषमा जम्मा गरेका हुन् ।

विश्वव्यापीरूपमा मानव जातिविरुद्ध आईपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया