जिल्ला अस्पतालको आपत्ती

कालीकोट । लकडाउनको उल्लंघन गरी कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले जिल्ला अस्पतालको एम्वुलेन्स चढेर कालिकोट आएको समचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालिएको छ ।

स्वास्थ्य सेवा व्यवस्थापक डा. भिष्म पोखरेलले हस्ताक्षर गरेको उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘माननिय कुर्मराज शाही पनि मास्कलगायतका समान बोकेर गाउँमा वितरण गर्न जाने मौका र जिल्ला अस्पतालको मास्क, पावर व्याकअप र इन्भटर ल्याई सुर्खेतबाट फकिर्ने क्रममा शाही सम्पर्कमा भएकाले, एम्वुलेन्समा आएको साँचो हो, तर एक राष्ट्रिय दैनिकले आइतवार ‘लकडाउनको उल्लंघन गर्दै माननिय शाही एम्वुलेन्समा आएपछि’ भन्ने शिर्षकको समाचार प्रकाशीत गरी माननिय र स्वास्थ्य सेवा कार्यालयलाई आँच आउने झुटो कपोकल्पित समाचार प्रकाशित गरेकोप्रति खेद प्रकट गर्न चाहान्छौँ ।’

साथै, विज्ञप्तिमा ‘माननिय शाहीले एम्वुलेन्सको कुनै दुरोपयोग नगरेको सबैमा जानकारी गराउँदछौ’, भनिएको छ । देशनै संकटको घडिमा सवैले सहयोग र उद्धार गर्ने र सचेत रहने अवस्थामा यस्तो समचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एम्वुलेन्सको दुरुपयोग नभएको शाही

प्रदेशसभा सदस्य शाहीले, लकडाउनको उल्लंघन नगरेको बताएका छन् । एक राष्ट्रिय दैनिक आईतवार प्रकाशित ‘लकडाउनको उल्लंघन गरी माननिय एम्वुलेन्समा आएपछि’ भन्ने शिर्षकको समचार गलत रहेको बताएका छन् ।

आफू मास्क र केहि स्वास्थ्य सामग्री बोकेर स्वास्थ्य सेवा कार्यालय कालिकोटको एम्वुलेन्स पनि अतिआवश्यकिय स्वास्थ्य सामग्री ल्याएर कालिकोट जाने संयोेक परेपछि एम्वुलेन्समा आएको तर लकडाउनको उल्लंघननै गरी आफू रहरले एम्वुलेन्स नचढेको उनले बताए ।

मास्क र अन्य सामग्री ल्याएर आफूले आइतवार शुभकालिकाको सुकाटियामा जनतालाई मास्क वितरण गरेको उनले बताए । गलत नियतले लेखेको समचारप्रति विश्वास नर्गन सबैलार्य उनले अनुरोध गर्नु गरेका छन् ।

 

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया