बुटवलको कोरोना अस्पतालमा एकको मृत्यु, रिपोर्ट आउँन बाँकी

काठमाडौं । बुटवलको कोरोना भाइरस विशेष अस्पतालमा आज एक जना युवकको मृत्यु भएको छ । धागो कारखानामा सञ्चालन भएको उक्त कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणको आशंकामा उपचार गराइरहेका पाल्पा रिब्दीकोटका ३३ वर्षीय युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

उनको मृत्युबारे रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ । युवकको नमुना परीक्षणको लागि काठमाडौं पठाएको र रिपोर्ट आएपछि मात्रै कोरोनाको कारण हो या अन्य रोगले उनको मृत्यु भएको पुष्टि हुने बताइएको छ ।

उनी गत चैत ६ गते संयुक्त युएईबाट काठमाडौं आएकोमा ७ गते बस चढेर रुपन्देहीको सैनामैना पुगेका थिए । ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका युवकलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया