विपद् व्यवस्थापन समितिमा रियलस्टेटको सहयोग

काभ्रे । सरकारले लकडाउन घोषणा गरी कोरोना भाईरस रोकथाम र नियन्त्रण गनर् क्वारेन्टाईन र आइसोलेशन स्थापना गरेर अगाडी बढिरहेको वेला जिल्ला विपद् व्यवस्थान समितिलाई काभ्रे रियलस्टेटले खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ ।

काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामा र प्रबन्ध निर्देशक शोभा लामाले काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

रियलस्टेटले १७ बोरा चामल, १ बोरा नुन, २ काटुन तेल, १ बोरा आलु र २ बोरा मस्यौरा धुलिखेलस्थित नेपाली सेनाका विष्णु दल गणका कर्णेल सुवास खड्काको उपस्थितिमा हस्तान्तरण गरेको हो । सो सामग्री बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई प्राप्त सामग्री क्वारेन्टाईनमा बसेकाहरुलाई वितरण गर्ने बताइन् ।

काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामाले सिंगो मुलुक संकटमा परेको वेला आफ्नोतर्फबाट केही गरौं भन्ने उदेश्यले उक्त सहयोग गरेको बताए । घर जग्गा कारोबार गर्ने रियलस्टेटले शानिबार नै बनेपाको सिनागालमा बसिरहेका सुकुम्बासीहरूलाई खाद्यन्न सामग्री (१३ बोरा चामल लगायत नुन, तेल र तरकारी) वितरण गरेको छ । उक्त स्थानमा रहेका दूई जना सुत्केरीलाई नगद पाँच हजार र एक हजार पाँच सय समेत सहयोग गरेका छन् ।

यस्तै बनेपाको चारदोबाटोमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको रोहबरमा चाउचाउ र पानीको समेत व्यवस्था गरेको अध्यक्ष लामाले बताएका छन् ।

प्रतिक्रिया