माण्डवी गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने

प्यूठान । माण्डवी गाउँपालिकाले आफ्नो पालिकाका भित्र रहेका मजदुरका बिपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । शुक्रबार गाउँ कार्यपालिकाको आकस्मिक बैठकले मजदुरी गरी बस्नेहरूको लगत संकलन गरी उनीहरूलाई राहत स्वरूप खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।

देश लक डाउनका कारणले दैनिकी गुजारा चलाउन नस्क्ने परिवारलाई १५ दिनसम्म पुग्ने चामल, दाल नुन र तेल वितरण गर्ने गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी गराए । उनले भने, ‘एउटा वडामा २५ परिवार दरले सबै वडाका १ सय २५ परिवारलाई खाद्यान्न नुन,तेलर दाल उपलब्ध गरिने छ ।’

पालिकाभित्र अन्य ठाउँबाट मजदुरी गर्न आएका व्यक्तिको तथ्यांक संकलन गरी उद्धारका लागि पहल गर्ने निर्णय गरेको छ । पालिकामा वैदेशिक रोजगारीबाट भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिहरू ६ सय ४९ जना तथ्यांक रहेको छ ।

पालिकालाई उद्योग वाणिज्य संघ माण्डवी बजार इलाकाले ३० हजारको रासन र योगी पम्पका प्रोपाइटर दामोदर योगीले ३० हजारको रासन उपलब्ध गराएको अध्यक्ष रोकाले जानकारी दिए ।

गाउपालिकाको बिपत प्रतिकार्य अभियानमा सहयोग गर्ने संस्था तथा व्यक्तिलाई धन्यवाद दिएको छ । कोरोनाको संक्रमणलाई मध्यनजर गरी निःशुल्क टोल फ्रि नम्बर सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया