स्पेनमा चार नेपालीलाई कोरोना

एजेन्सी । स्पेनमा रहेका चार जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बस्ने उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

जानकारी अनुसार बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भै उपचार गराउँदै छन् ।

संक्रमित व्यक्ति को को हुन भन्नेबारोमा भने उनीहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

संक्रमित व्यक्तिका परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने दुतावासले जनाएको छ ।

संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो । अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो । तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ ।

प्रतिक्रिया