चौध जना नेपाली तिर्थयात्री भारतको आन्द्रप्रदेशमा अलपत्र

पाँचथर । पाँचथर तिर्थयात्राका लागि निस्किएका १४ जना नेपाली भारतको आन्द्र प्रदेशमा अलपत्र परेका छन् । पाँचथर फालेलुङ १ का तीन जनासहित झापा र मोरङ जिल्लाबाट चारधाम यात्राका लागि त्यहाँ पुगेका नेपाली लकडाउनका कारण अलपत्र परेका हुन् । लकडाउन पीडित झापा सुरुङगाका राजन अधिकारीले भने, ‘यहाँ यातायात चलेको छैन, किनेर खाने ठाउँ पनि छैन, साता दिनदेिख सडकमै रात कटाइरहेका छौँ ।’

अहिले दक्षिणी भारतको चेन्याइभन्दा ६० किलोमिटर टाढा सडकमा रहेको उनले बताए । कोरोना भाइरसको संक्रमणसँगै भारतमा २१ दिने लाकडाउन सुरु भएपछि यातायातका साधन बन्द भएका छन् । यातायात नचल्दा आपूmहरू अलपत्र अवस्थामा परेको सोही टोलीेका मोरङका गोविन्द पोखरेलले बताए । उनीहरू रहेका क्षेत्रको बस्तीमा बस्ने अवस्था छैन । स्थानीयले बास दिन मानिराखेका छैनन् ।

सडकमा पार्क गरेर राखेका सवारीमा रात बिताउँनुपरेको उनीहरूले टेलिलेफोन सम्पर्कमा बताए । चार दिन यता आफूले बोकेको खाना र पानीसमेत सकिएपछि उनीहरूको बिचल्ली भएको छ । स्थानीय प्रहरीले आफैँ सुरक्षित स्थान खोजेर बस्न भनेको भए पनि त्यस्तो अवस्था नभएको बताएका छन् ।

यसअघि तिर्थयात्रामा लैजाने ट्राभल एजेन्सीसँग सम्पर्क गर्दा भारत पुरै बन्द भएका कारण हाललाई आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको उनीहरूले बताए ।  भारतको सिलिगुडीबाट दक्षिण भारत पुगेका उनीहरूको ११ चैत्रको सिलिगुडी आउने रेलको टिकट तय भएको थियो । बिचमा लकडाउन भएपछि उनीहरू अलपत्र परेका हुन् । उक्त टोलीमा अधिकांश बृद्धाअवस्थाका नागरिक रहेका कारण पनि समस्या भएको उनीहरूको चिन्ता छ ।

प्रतिक्रिया