झिमरुकमा पाँच बेडको क्वारेन्टाइन

प्युठान । झिमरुक गाउँपालिकाले एक ठाउँमा पाँच बेडको क्वारेन्टाइन निर्माणकार्य थालनी गरेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा यसको नियन्त्रणका लागि झिमरुकको बाल शिक्षा उच्च माबी मच्छिमा ५ बेडको क्वारेन्टाइन बनाउन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले जानकारी दिए ।

आवश्यक बेडलगायत उपचारका सामग्री तयारी अवस्थामा राख्ने काम पूरा भैसकेकोले बुधबारदेखि क्वारेन्टाइन सञ्चालनमा ल्याउने पालिकाका स्वास्थ्य संयोजक बिकास केसीले बताए । क्वारेन्टाइन बनाउन पालिकाका प्रमुख , उपप्रमुख सहित वडा अध्यक्ष, स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी,सुरक्षाकर्मी र स्थानीय सहितको टोली खटिइरहेको छ ।

पालिकाका प्रमुख तिलक जिसीले क्वारेन्टाइनमा आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागिएको बताए । छिमेकी देश भारतलगाएत तेस्रो मुलुकबाट गाउँ भित्रने संख्या दिनानुदिन वृद्धि भइरहेकोले एक आपसमा सम्पर्क नगरी आफ्नै घरमा बस्न गाउँपालिकाले सूचित गरेको छ ।

पालिकाले स्थानीयस्तरमा जनचेतनाको लागि सूचनामूलक पर्चा वितरणलागाएत माइकिङ गर्ने कार्य गरेको छ । भारतलगाएत तेस्रो मुलुकबाट गाउँ भित्रने संख्याको एकिन गर्न वडा–वडामा त्यस्ता व्यक्तिको तथ्यांक संकलन कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया