रुसमा शक्तिशाली भूकम्‍प, सुनामी आउन सक्ने

एजेन्सी । रूसमा शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभागले जनाएकाे छ । विभागका अनुसार रुसको सुदूरपूर्वी कुरिल टापु केन्द्रबिन्दु भएर ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

शक्तिशाली भूकम्प गएका कारण पूरै क्षेत्र थर्कमान भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी रहे पनि प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।

प्रतिक्रिया