करेन्ट लागेर एकको मृत्यु

अर्घाखाँची । मालारानी–८ माझमेलाका १७ वर्षीय मधु जिसीको करेन्ट लागेर मृत्यु भएको छ।

उनलाई बिजुलीको तार जडान गर्ने क्रममा करेन्ट लागेको बताइएको छ। सिद्धार्थ माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने तयारीमा रहेका मधुको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ। अर्घाखाँचीमा विद्युतीकरण अव्यवस्थित भएकाले यस्ता दुर्घटना हुने गरेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया