अर्थबजार

इसेवा र मिडासको सहकार्यमा निःशुल्क अध्ययन

सौर्य अनलाइन २०७६ चैत १० गते १६:४५ मा प्रकाशित

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निःशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्नेछन् ।

अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा ‘इसेवा’ राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ । नर्सरी देखि कक्षा १० सम्मकाविद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् ।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको हो । इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक हो ।

इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय