विद्युतीय भुक्तानीको सीमा बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन मार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख र महिनाको सिमा १० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । यस्तै एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ ।

यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यस्तै वालेटबाट बैंकमा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया