कोरोनाले बैंकहरू बन्द नहुने

काठमाडौं । कोरोना भइरसको त्रासका कारण बैंकहरू बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरू बन्द नहुने जनाएको हो । आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट आवश्यक सेवाभन्दा अन्य सेवा मात्र बन्द गर्ने निर्णय भएकाले क, ख, ग र घ बर्गका सबै बैंक तथा वित्तीय संस्थाहरू बन्द नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साथै, राष्ट्र बैंकले कर्मचारीको सुरक्षका लागि आवश्यक न्यूनतम स्वास्थ्य सुरक्षका उपाय मास्क, सेनिटाइजर, पञ्जाको अनिवार्य रूपमा अवलम्बन गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी, सेवाग्राहीको भीडभाड नहुने सुनिश्चितताको साथ सेवा प्रवाह गर्ने तथा विद्युतीय माध्यमबाट गरिने कारोवाररलाई थप प्रोत्साहन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया