निलिमाको ‘एउटै काखमा हुर्केथ्यौँ हामी’

काठमाडौं । प्रगतिशील गायिका निलिमा पुनको नयाँ गीत सार्वजनिक भएको छ । गायिका पुनलाई गायक सुमन रोक्का मगरले स्वरमा साथ दिएको ‘एउटै काखमा हुर्केथ्यौँ हामी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

पञ्चेबाजाको लय रहेको उक्त गीतमा विदेशिएका दाई र पराई घरमा रोइरहेकी बहिनीको मर्मस्पर्शी कथालाई समेटिएको छ । गायिका निलिमाकै शब्द तथा संगीत रहेको गीतको एरेञ्ज झलक संगीतमले गरेका छन् । गीतको भिडियोमा बागलुङ, पर्वत, कास्की लगायतका स्थानका दृश्य समेटिएको छ ।

भिडियोमा सुजन थापा, हेमा श्रीष राना, धनबहादुर थापा, हस्तदेवी थापा, पञ्चकली पुन, मनरूपी श्रीष तथा बालकलाकारमा साजन श्रीष र दिपिका थापाको अभिनय छ । विनय थापा छन्त्यालको छायांकनमा डमर भण्डारी क्षेत्रीले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।

प्रतिक्रिया