मेलिना र बलबहादुरको जेल

काठमाडौं । गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीको आवाज रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’ को शब्द, हरि लम्सालको संगीत निर्देशन, राजबाबु चौधरी तथा अजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङ, मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षकरूपमा प्रस्तुत गरिएको छ ।

दोरम्बा रामेछापको आसपासमा बनाइएको भिडियोमा पालेदाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेलनेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

‘यहाँहरू माझ फेरि एउटा नयाँ कोसेली जेल पनि सहुँला लिएर आएको छु, तपाईंहरूको साथ र मायाको अपेक्षा गर्दछु’, राजवंशीले भने । यस्तै संगीतकार हरि लम्सालले भने, ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता र दर्शकमाझ पस्किएका छाँै सबैको माया पाउनेमा हामी आशावादी छौँ ।’

प्रतिक्रिया