भारतबाट कोरोना फैलने खतरा

कोरोना भाइरस अहिले भारतलगायत १ सय ६२ देशहरूमा फैलिसकेको अवस्था छ । यस रोगबाट भारतमा २ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । मूलतः पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । भारतमा २ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । मूलतः पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् 

विश्वमा ७ दशमलव ६ अर्ब मानिसहरू बस्दै आएको सर्वविदितै रहेको छ । कोरोना भाइरस सन् १९६० मा पत्ता लागेको थियो । यो रोग सबैभन्दा पहिले गत डिसेम्बरमा चिनियाँ सहर वुहानमा कोरोना भाइरसको संव्रmमण फैलियो । यो सहरमा करीब एक करोड दश लाख जनसंख्या रहेको छ । वुहान सहर एक व्यापारी स्थान भएकोले धेरै अरू क्षेत्रका मानिसहरूको पनि आवतजावत हुने हुँदा अन्य सहरहरूमा पनि यो रोगको बिस्तार भएको बुझिन्छ । जहाँ विश्वकै सबैभन्दा ठूला पाँचसय कम्पनीले लगानी गरेका छन् । वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेनी करोडौँ व्यक्ति आवागमन गर्छन् ।

हालसम्म मानिसमा सात प्रकारका कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २०१९ डिसेम्बर ३१ तारिखमा छिमेकी देश चीनमा पत्ता लागेको नोवल कोरोना भाइरस, कोरोना समूहको नयाँ प्रजाति हो । यसमा सार्स, मर्स र नोवल कोरोना भाइरस चाहिँ भर्खरै पत्ता लागेका हुन् । कोरोना भाइरसका ८० प्रतिशत लक्षण सार्ससँग मिल्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यी भाइरसले मूलतः श्वासप्रश्वास प्रणालीमा संक्रमण गरी रुघाखोकी र निमोनिया गराउँछन् ।

यी सबै खालका भाइरस पशुपन्छीबाट मानिसमा सरेर मानिसलाई संक्रमित गराउँछन् । हाल पत्ता लागेको कोरोना भाइरस पनि पशुबाट मानिसमा र मानिसबाट मानिसमा सरेको पुष्टि भएको छ । कोरोना भाइरस अहिले भारत लगायत १ सय ६२ देशहरूमा फैलिसकेको अवस्था छ । यस रोगबाट भारतमा २ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । मूलतः पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् ।

चीनमा हालसम्म ८० हजार ९ सय ८१ जनामा संक्रमित भेटिएको छ, जसमध्ये तीन हजार ९ सय १७ ले संक्रमितका कारण ज्यान गुमाएका थिए । पछिल्लो समय संक्रमणको दर भारतमा भन्दा चीनमा निकै न्युन छ । चीन कोरोना संकटबाट उम्कँदै गए पनि भारतमा सुरुआत भएका कारण नेपालका लागि अझ खतरा छ । हाल आएर विश्व स्वास्थ्य संगठनले पनि नोवल कोरोना भाइरस संसारभरि संक्रमण हुन लागि रहेको छ भनी सबै देशहरूलाई यस रोगसँग लड्न तथा सर्तक रहन घोषणा पनि गरिसकेको छ ।

बीबीसीको समाचार अनुसार, कोरोना भाइरस छिमेकी मित्र देश चीनको वुहान सहरबाट सुरु भएको संव्रmमण चीनको अन्य प्रान्तहरूसँगै बाँकी देशमध्ये इरान र इटालीमा भने संक्रमितको संकट बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार इटालीमा ठूलो महामारी सुरु भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न हालसम्म कुनै भ्याक्सिन या औषधी बनेको छैन । तर, यसलाई सहयोग स्वरूप चीनकै एक संस्था (अलिबाबा)ले भने १ करोड ४४ लाख अमेरिकी डलर खोप र औषधी उत्पादन गर्न दिएको जानकारी हुन आएको छ ।

यस रोगको लक्षणहरूमा ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, बिग्रँदै गए निमोनिया हुने, श्वासप्रश्वासका अन्य रोग लाग्ने, मिर्गौला फेल हुने र अन्तमा गएर मृत्यु पनि हुन सक्ने कुराहरू बताइएको छ । त्यस्तै गरी यसलाई रोकथाम गर्न हाच्छ्युँ गर्दा आँखा र नाक नमिच्ने, सरसफाइमा ध्यान दिने, भीडभाडमा नजाने र माक्स लगाएर मात्र हिड्ने जस्ता सामान्य कुराहरू उल्लेख गरिएको छ । संव्रmमित बिरामीको परिवार र संसर्गमा रहेका व्यक्तिमा मात्र होइन, जहाजमा सँगै रहेका अरू यात्रुमा पनि यस्तो संव्रmमण सर्ने सम्भावना हुन्छ ।

यो भाइरसको संव्रmमण एकबाट अर्कोमा सर्न रोक्नु नै अहिलेको लागि ठूलो रोकथाम हो । यो भाइरसको संव्रmमण हुनेलाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या देखिने र १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने गर्छ । यसबाहेक जीउ र टाउको दुख्ने पनि हुन्छ । संव्रmमण सुरुमा सामान्य देखिए पनि पछि निमोनियासम्म भई ज्यानै जान सक्छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरल प्रभावित देशहरूबाट आउने मानिसलाई दुई साताभित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी–टाउको दुखेमा, श्वासप्रश्वासमा समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न सार्वजनिक सूचना समेत जारी गरेको छ । नेपाल सरकारले हालसालै सर्वसाधारणहरूलाई सूचना प्रभाव गर्न आवश्यक पर्ने १११५ टेलिफोनको पनि व्यवस्था गरेको छ ।

समग्रमा भन्नुपर्दा विश्वको कुनै एउटा देशले मात्र कोरोना रोगलाई व्यवस्थापन गर्न सक्दैन । त्यसकारण यसमा सम्पूर्ण मानव जाति एक साझा भाग्यको समग्र हो, हरेक देशका जनताको सुरक्षाका लागि जोखिमका रूपमा रहेको रोगमाथि विजय प्राप्त गर्न आपसी मेलमिलाप र सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो । सन् २००० मा चीनमै करीब ८ सय व्यक्तिहरूको मृत्यु हुने गरी देखा परेको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै थियो । सार्स बिरालोबाट मानिसमा र मर्स ऊँटबाट मान्छेमा संव्रmमण भएको हो । कोरोना भाइरसको उद्गमबिन्दु भने उहान प्रान्तको सी फुड (समुद्री खाना) मार्केट मानिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस समूहमा ६ वटा प्रजातिका भाइरस सूचीकृत छन् । तर, चीनमा देखिएको भाइरस नौलो हो । जनावरबाट मानिसमा सरेको मानिएको यो सरुवा रोग हो । यस्ता किसिमका भाइरस संव्रmमणको जोखिम न्यूनीकरण गर्न पाँच प्रव्रिmयाको उपचार तालिका स्वास्थ्यकर्मीलाई उपलब्ध गराइनु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुव्रmराज सरुवा रोग अस्पतालमा एकल वार्ड तयारीमा राखिनु, हवाई यात्रा गर्नेलाई रोगबारे जानकारी दिने प्रव्रिmया थालिनु नेपाल सरकारले गरेका राम्रा थालनी हुन् । यसको साथसाथै अन्य चीनबाट आउने नाकाहरूलाई पनि व्यवस्थित रूपले कडाभन्दा कडा रूपमा चेकजाँच गर्नु पर्ने बेला आइपरेको छ । जसले गर्दा यो महामारीबाट नेपाल अछुतो हुन सक्दैन त्यसैले बेलैमा रोकथामको नियन्त्रणमा युद्धस्तरमा लागी पर्नु नेपाल सरकार, राजनीतिक पार्टीहरू, नागरिक समाज, स्वस्थ्य क्षेत्रहरूका सम्पूर्ण विज्ञहरू यसमा लागि पर्नु पर्ने बेला खट्किएको छ ।

प्रतिक्रिया