अडिसनमा ६ जना छानिए

धरान । मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगी छानिएका छन् । प्लस २ पास र १८ वर्ष पार गरेका ५ दशमलव ४ इन्च उचाईं भएका अविवाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियमका कारण १२ जना सहभागी भएका थिए । जसमा अधिकांशको उचाई कम भएकाले अडिसनमा भाग लिन पाएनन् ।

मिस नेपाल २०१७ निकिता चण्डक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको उक्त अडिसनमा प्रतियोगीले गरेको कुराकानी, प्रस्तुति, आत्मविश्वास, बौद्धिकपनको आधारमा छानिएको आयोजकले जनाएको छ । धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा भएको ‘मिस नेपाल २०२०’ को धरान अडिसनमा धरान, इटहरी र धनपालथान गाउँपालिका, मोरङबाट प्रतियोगी सहभागिताका लागि आएका थिए ।

नेपालका विभिन्न ८ स्थानबाट अडिसनमा छानिएका प्रतिस्पर्धीको अन्तिम अडिसन १५ चैतमा काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने जनाइएको छ । आयोजक हेडन ट्रेजरका अनुसार उक्त अडिसनपछि सम्पूर्ण प्रतियोगीबाट अंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने छ । यसको ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी र सह–कोरियोग्राफर प्रियारानी लामा रहेछन् ।

यस वर्षका विजेताले मिस वल्र्ड, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुपर नेसनलमा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ ।

प्रतिक्रिया