लिना बनिन् ब्युटिसियन ट्यालेन्ट

काठमाडौं । ललितपुरकी लिना डंगोलले ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’ सिजन ३ को उपाधि हात पारेकी छन् । रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रिएसनद्वारा राजधानीमा आयोजित प्रतियोगितामा २६ प्रतियोगीलाई पछि पार्दै डंगोलले २५ हजार नगद तथा विभिन्न उपहारसँगै बेस्ट पर्सनालिटी उपाधिसमेत प्राप्त गरिन् ।

प्रतियोगितामा बन्दना मग्रातीले फस्ट रनरअपसँगै बेस्ट नेलआर्ट, मिना लामाले सेकेन्ड रनरअप र कन्फिेन्डस, मिसन श्रेष्ठले पब्लिक च्वाइस अवार्डसँगै बेस्ट फिगर अवार्ड जिते । उनीहरुले अवार्डसँगै ५० हजार रुपैयाँ बराबरको स्पेसल नेलआर्ट कोर्ष पनि जितेका छन् ।

अन्य उपाधितर्फ लक्ष्मी महर्जनले सिभिलिटी, सविना श्रेष्ठले स्मार्ट र अर्गनाइजर च्वाइस, आराध्य गुप्ताले बेस्ट आइज, दुर्गा श्रेष्ठ खड्गीले बेस्ट हेयर स्टाइलिस्ट, ब्युटी स्माइलसँगै अर्गनाइजर च्वाइस, मेनुका बलामीले बेस्ट फिट्नेससँगै सोसियल मिडिया अवार्ड, समिता गुरुङले इन्नोसेन्ट, बिमला राईले मोस्ट बब्ली, मञ्जला डंगोलले रेस्पोन्सिबल, निलिमा महर्जनले डिसिप्लेन, मन्दिरा शाहीले पञ्चुअल, शर्मिला मोक्तानले फ्रेन्डली र रञ्जना सिंहले एक्ट्रा अर्डिनरी अवार्ड जिते ।

यस्तै सरस्वती रोकायाले मल्टिमिडिया र इन्टेलिजेन्ट अवार्ड, अस्मिता जिम्बाले बेस्ट स्टाइलिस्ट, शान्ति डंगोलले अर्गनाइजर च्वाइससँगै बेस्ट मेकअप, प्रमिसा श्रेष्ठले फोटोजेनिक, शर्मिला राईले लोयल, ट्रिना तुलाधरले बेस्ट क्वाटवाक र बेस्ट ड्रेस, निलम तामाङले मोस्ट ब्युटिफुल, दिब्य सैजुले बेस्ट हेयरसँगै ट्यालेन्ट, सिमा घलेले बेस्ट स्किन, सविना भुजेलले चर्मिङ अवार्ड हात पारे । आयोजक रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुन्दरी कारञ्जितले ब्युटिसियनको व्यक्तित्वसँगै पेशागत विकास र प्रतिभा प्रस्तुतिका लागि तीन वर्षदेखि ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गर्दै आएको जनाइन् ।

जमलस्थित नाचघरमा सम्पन्न सो कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभा सांसद एवम् गायिका कोमल ओलीले मुलुकमा हजारौं ब्युटिसियन यो पेशाले अत्मनिर्भर रहेको बेला यस्तो कार्यक्रमले उनीहरुलाई अझ प्रोत्साहन मिल्ने बताइन् । आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको लायन्स क्लब अफ काठमाडौं आधारकी अध्यक्ष रेश्मा श्रेष्ठ, उपाध्यक्ष ग्याल्मु शेर्पा, मेकअप आर्टिस्ट तथा ब्युटिसियन पूजा श्रेष्ठ, रिना अवाले, ऋतु राना (रिता) र जिना वैद्य, कस्मेटिक व्यवसायी रमेश मुनाकर्मी, गीतकार एवं कलाकार सावित्री चिलुवाललाई विशेष योगदान सम्मानबाट सम्मानित गरियो ।

कार्यक्रमको निर्णायकमा अभिनेता सरोज खनाल, अभिनेत्री पल्पसा डंगोल, मिसेस नेपाल युनिभर्स एवं लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, ब्युटिसियन मिना केसी, शान्ता थापा र लक्ष्मी श्रेष्ठ थिए ।

गायक ध्रुब बिस्को, भरत सामरी, रमेश श्रेष्ठ मेलोडीको गायनसँगै उषा लामा, अनिषा लामा र नृत्य कलाकारको डान्सले कार्यक्रमको रौनकता बढाएको थियो । कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा मानन्धर र कोअर्डिनेसन व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ सरु जोशी थिए ।

प्रतिक्रिया