बालबालिकालाई सास्ती

आगामी नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय हेरफेर गर्ने निर्णय सरकारले गरेको छ । अहिलेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म विद्यालयमा पढाई हुँदै आएकोमा आगामी बैशाखबाट बिहान ९ देखि बेलुका ४ बजेसम्म पढाइको समय निर्धारण गरिएको छ । राजधानी काठमाडौं उपत्यकालगायत मुलुकका सहरी क्षेत्रमा ट्राफिक जामको समस्या देखिएका कारण प्रहरीको सुझाबअनुसार सरकारले यो निर्णय गरेको हो । कार्यालय समय र विद्यालय समय एउटै परेका कारण एकैचोटी सवारी साधनहरू सडकमा निस्कने भएकोले सहरी क्षेत्रमा ट्राफिक जामको समस्या बढेको निष्कर्ष प्रहरीले धेरै पहिले नै निकालेको थियो । कार्यलय समय र विद्यालय समय फरक–फरक बनाउने प्रहरीको सुझाबअनुसार सरकारले केही वर्षअघि कार्यालय समय ९ देखि ५ सम्म बनाउने र सातामा एक दिनको सट्टा दुई दिन सरकारी कार्यालय बिदा गर्ने निर्णय सरकारले गर्यो । केही महिनाको अभ्यास पछि यो निर्णयले निरन्तरता पाउन सकेन । जनतालाई दिनु पर्ने सेवा प्रवाहमा समस्या सिर्जना भएको महसुस गरियो । एकातिर सातामा दुई दिन बिदा दि“दा कर्मचारीहरूले समयको दुरुपयोग गर्ने अर्कातिर विहान ९ बजे नै कार्यालय खुले पनि जनता सेवा लिन १० बजेदेखि मात्रै जाने अवस्था कायमै रह्यो । सरकारी कार्यलयको समय फेरवदल गर्न व्यावाहारिक कठिनाइ भए पछि सरकारले विद्यालय ताकेको छ । यो निर्णय कत्तिको व्यावहारिक हुन्छ ? हेर्न बाँकी छ ।

राजधानी काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या सानो छैन । दिन गनेर यो समस्याले विकराल रूप लि“दै गएको छ । समस्या समाधानका लागि विकल्प खोज्नु राम्रै हो । विकल्पहरू धेरै छन् । जसमध्ये सबै भन्दा उपयुक्त विकल्प खोजिनुपथ्र्यो तर सरकारले अघि सारेको यो विकल्प सर्वोत्तम होइन । साना बालबालिकालाई नौ बजेभित्रै विद्यालय पु¥याउन र उनीहरूलाई दिउ“सोको खाजा खुवाउन अभिभावकका लागि थप चुनौती बन्न सक्छ । हुने खाने अभिभावकलाई त ठिकै होला तर हुँदा खाने अभिभाकलाई समस्या पर्न सक्छ । कतिपय अभिभावक दिवा खाजाको खर्च व्यहोर्न सक्षम रहे पनि कतिपयले खर्च गर्न नसक्ने अवस्था छ । साना बालबालिका कति बजे उठ्ने, कति बजे खाने, कतिबेला तयार भएर स्कुल जाने ? ९ बजेभित्रै स्कुल पुग्ने ती बालबालिकालाई दिवा खाजा कसले खुवाउने ? बालबालिका भनेको भविष्यका आधार हुन् । राज्यबाट प्रदान गरिने सुविधाको पहिलो प्राथमिकता बालबालिकाले पाउनु पर्छ । अरूलाई सजिलो बनाउन बालबालिकालाई सास्ती दिनु कुनै पनि हालतमा राम्रो होइन ।

राजधानी काठमाडौंमा ट्राफिक जामको समस्या बढ्नुमा स्कुलबसहरू पनि कारण हुन्, तर एक मात्रै कारण भने होइनन् । आफनै टोलको विद्यालय बाहेक छोराछारी अन्यत्र पढ्न पठाउन नपाइने व्यवस्था गरिदिना साथ यो समस्या समाधान हुन्छ । ५–७ जना अटाउने गाडीमा एकजना मात्रै सवार हुने अवस्था नै ट्राफिक जामको अर्को कारण हो । अधिकांश सरकारी कर्मचारीहरू ५–७ जना अटाउने गाडीमा एक्लै सवार हुन्छन् । एकजनाका लागि सडकको ठूलो हिस्सा ओगटिन्छ । सबै तहका सरकारी कर्मचारीका लागि बसको व्यवस्था गर्नु पर्छ । छुट्टा छुट्टै गाडी दिने परम्परा राजधानी काठमाडौं उपत्याकाको हकमा अन्त्य गरिनु पर्छ । जथाभावी गाडी पार्किङ गर्ने, रोक्ने, युटर्न गर्ने समस्याले पनि ट्राफिक जाम निम्त्याएको छ । यो समस्या समाधानका लागि ट्राफिक प्रहरीले कम मिहिनेत गरेको देखिएको छ । पैदल यात्रुहरूले जथाभावि बाटो काट्ने गरेको कारण पनि ट्राफिक जामको समस्या उत्पन्न भएको हो । यो समस्या समाधानका लागि जेब्रा क्रसिङ र आकाशेपुलको प्रचुर व्यवस्था त गर्नु पर्छ नै, साथै जनचेतना बढाउनु पनि उत्तिकै जरुरी छ । काठमाडौं उपत्यकामा सडकको क्षमताले नधान्ने गरी गाडी भित्रिइरहेका छन् । आवश्यक नपरे पनि धनको तुजुक देखाउन गाडी खरिद गर्ने होडबाजी पछिल्लो समयमा बढेको छ । गाडी आवश्यक पर्ने पेसा वा व्यवसाय अंगालेका बाहेक अन्यलाई गाडी आयात गर्दा भन्सार दर वृद्धि गर्नुपर्छ ।

प्रतिक्रिया