‘फिक्का लाग्छ’ सार्वजानिक

काठमाडौं । गायिका मेलिना राई र गायक मनिष श्रेष्ठको आवाज रहेको गीत ‘फिक्का लाग्छ’ सार्वजनिक भएको छ । एमआरएस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोइज क्रिएसनको संयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड उक्त गीतमा शब्द तथा संगीत गायक मनिषकै रहेको छ ।

गीतको भिडियोमा अमेरिका निवासी गुरुङलाई मोडल छिरिङ शेर्पाले साथ दिएकी छन् । पोखरा र मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको यस गीतको भिडियोलाई चक्र बराल (बाशु) ले छायांकन र शिलन लम्सालले सम्पादन गरका छन् ।

विशेष पन्तको परिकल्पना तथा स्क्रिप्ट कन्सेप्ट रहेको भिडियोको कोरियोग्राफीसमेत गायक श्रेष्ठकै रहेको छ । करिब ३ दर्जन गीतमा आवाज भरिसकेका गायक श्रेष्ठले गीतलाई दर्शक स्रोताले मनपराउने जिकिर गरे ।

अभिनेता महादेव त्रिपाठीको विशेष सहयोग निर्माण भएको गीतमा राजेन्द्र गिरि (गुन्द्रुके) तथा समनराज र महादेव त्रिपाठीको समेत अभिनय छ ।

१२ वर्षदेखि अमेरिकामा बसेर मोडलिङ र अध्ययनलाई निरन्तरता दिइरहेका जीवनले नेपाली संस्कृति आफूलाई सधैं प्रिय लाग्ने बताए । उनले अमेरिका बसे पनि नेपाली गीत संगीत आफ्नो मनमष्तिस्कमा रहेको सुनाए ।

उनले भने, ‘नेपाली गीतको भिडियो जब युट्युबमा हेर्थे तब केही गाह्रो महसुस गर्थें । जब नेपाल आएर काम गरे तब काम सहज लाग्यो । यसमा टिमवर्क निकै सहज थियो । टिमसँगै काम गर्दा गाह्रो महशुस गर्न’नि पाईंन ।’ उनले यसपछि ‘बैशाखे महिना’ र बाँच्न खोज्दा’ सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिए । गीत ‘फिक्का लाग्छा’ लाई भक्त गुरुङ, कृष्ण गुरुङ र विक्रम गुरुङले लगानी गरेका छन ।

प्रतिक्रिया