‘तालीको समाजशास्त्र’ बजारमा

काठमाडौं । कवि विश्व सिग्देलको पहिलो कवितासंग्रह ‘तालीको समाजशास्त्र’ बजारमा आएको छ । काभ्रेका कवि सिग्देलको यसअघि अंग्रेजी संयुक्त कथासंग्रह ‘अब्सेसन’ प्रकाशित भइसकेको छ । उनी उन्मुक्त पुस्ता, पोस्टर कविता अभियानलगायत काव्यिक आन्दोलनसँग पनि जोडिएका थिए ।

संग्रहमा प्रेम, स्मृति र समसामयिक विषयमाथि केन्द्रित ४५ कविता रहेका छन् । ‘अकाल–कुसुम’ ले प्रकाशन गरेको संग्रहको मूल्य १ सय ५० रुपैयाँ रहेको छ । सरकारले कोरोना भाइसका कारण सार्वजनिक कार्यक्रम नगर्न भनेकाले संग्रह लोकार्पण कार्यक्रम स्थगित गरिएको कवि सिग्देलले बताएका छन् ।

प्रतिक्रिया