चलचित्रमा नेपाल सुन्दरीहरू

चलचित्र क्षेत्रमा नेपाल सुन्दरीहरू मात्र नभई थुपै्र युवायुवतीहरू आकर्षित छन् । पछिल्लो समयमा चलचित्र क्षेत्रमा थुप्रै नयाँ–नयाँ कलाकारहरूको प्रबेश देखिएको छ । कतिपयले त आफैँ लगानी गरेर भए पनि चलचित्रमा प्रवेश गरीरहेका छन् । कतिपयले चलचित्र क्षेत्रलाइ रहर र शौखको विषय बनाएका छन् । सेलिब्रिटि बन्नकै लागि आँफै चलचित्र निर्माण गरेर नयाक नायिका हुनेहरूको सूची पनि नेपालमा छोटो छैन 

पुर्व मिस नेपाल निकिता चण्डक नेपाली चलचित्रत्र साङलोमा नायिका भएर देखापरि सकेसकेकी छिन् । चण्डकले विगतका चर्चित नायक विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र साङलो मार्फत आफूलाई नायिकामा डेबु गराएकि छिन् । त्यसो त चण्डक मात्र चलचित्रमा नायिका भएर देखा परेकी छैनन्, थुप्रै नेपाल सुन्दरीहरूले चलचित्रमा अभिनय गरीसकेसका छन् ।

कलिउडमा मात्र नभई बलिउडमा पनि मिस वल्र्ड, मिस युनिभर्स, आदि भारतीय सुन्दरीहरूले नायिका भएर अभिनय गर्ने गरीरहेका छन् । केही भारतिय सुन्दरीहरूले हलिउडमा समेत आफूलाई नायिकामा स्थापित गरीसकेका छन् । तर, कलिउडमा भने नेपाल सुन्दरीहरूले आफुलाई नायिकामा स्थापित गर्न सकिरहेका छैनन ।

चलचित्र क्षेत्र भनेको पनि ग्ल्यामरको क्षेत्र हो । यसमा लागि परेर सफल भए नाम दाम कमाउन सकिन्छ भन्ने कतिपयको भनाइ छ । यस कारणले पनि चलचित्र क्षेत्रमा नेपाल सुन्दरीहरू मात्र नभई थुपै्र युवायवतिहरू आकर्षित छन् । पछिल्लो समयमा चलचित्र क्षेत्रमा थुप्रै नयाँ–नयाँ कलाकारहरूको प्रवेश देखिएको छ । कतिपयले त आफैँ लगानी गरेर भए पनि चलचित्रमा प्रवेश गरीरहेका छन् । कतिपयले चलचित्र क्षेत्रलाइ रहर र शौखको विषय बनाएका छन् । सेलिब्रिटी बन्नकै लागि आँफै चलचित्र निर्माण गरेर नायक नायिका हुनेहरूको सूची पनि नेपालमा छोटो छैन ।

विगत दुई दशकयता नेपाली चलचित्र क्षेत्रले पनि उद्योगको रूप लिएको देखिएको छ । मिडियाले पनि ले चलचित्र उद्योग भन्ने गरेका छन् । चलचित्र क्षेत्र भनेको पेसा व्यवसाय पनि हो चलचित्र क्षेत्र पछिल्लो समयमा व्यबसायिक रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समयमा नेपालमा पनि थुप्रै चलचित्रहरू निर्माण भइरहेका छ । थुप्रै नयाँ–नयाँ चलचित्रकर्मिहरू धमाधम प्रवेश भइरहेका छन् । तर पनि चलचित्रले सोचेअनुरूप व्यापार गर्न सकिरहेका छैनन् ।

प्रदर्शन भएका अधिकाँश चलचित्रहरू व्यापार व्यबसायको हिसाबले असफल हने गरीरहेका छन् । धेरै जसो लगानिकर्ताहरूको लगानि डुबिरहेको छ । यो मामिलामा भने चलचित्रकर्मीहरूले ध्यानदिन जरूरी भइ सकेको छ । यसबारेमा अध्ययन गर्न पर्ने देखिन्छ । कतै हामिले दर्शकहरूलाई रूचि अनुसारको चलचित्र त निर्माण गर्न सकिरहेको त छैनौ ? हामिले निर्माण गर्ने गरेका चलचित्रहरू दर्शकहरूले सोचे अनसारको कल्पना गरे अनुसारको बिपरित त भइरहेको छैन ? कतै हमिले चलचित्रहरू बनाउदा विदेशी चलचित्रहरूको ठाडै नकल गरी त रहेका त छैनौँ ? भन्ने प्रश्न गम्भीर छ । ।

चलचित्रहरू निर्माण गर्दा दर्शकहरूको रूचिको विषयलाई ध्यानमा राख्न नसकेको टिप्पणी बेलाबेलामा हुने गरेको छ । यो टिप्पणी गलत होइन । कतिपय नेपाली चलचित्रहरूमा विदेशको प्रभाव पर्ने गरीरहेको छ भने कतिपयले त विदेशी चलचित्रहरूको सोझै नक्कल गरीरहेका छन्् । चलचित्रहरू देशको हावापानी माटो सुहाउँदो हुनपर्ने हुन्छ भने समाजलाई मनोरञ्जनको तरिकाले केही सन्देश पनि दिन सकिने हुनपर्छ । अधिकांश दर्शकहरू मनोरजनको लागि चलचित्र हेर्ने बताउँछन् । तर पनि चलचित्रहरूमा केही सन्देशहरू समेटिएकै हुनुपर्छ । चलचित्रलाई समाजको ऐना पनि भन्ने गरीएको छ ।

नेपालि चलचित्रमा नायिका भएर प्रवेश गर्ने पहिलो नेपाल सुन्दरी झरना बज्राचार्य हुन् । मिस वल्ड नेपाल सन् १९९७ कि नेपाल सुन्दरी झरना बज्राचार्यले पहिलोपल्ट चलचित्र हतियारमा नायिका भएर अभिनय गरेकी हुन् । हतियार पछि केही चलचित्रहरूमा नायिका भएर अभिनय गरेकी बज्राचार्यले बलिउड चलचित्र लभ इन नेपालमा पनि अभिनय गरेकी थिइन् । नेपालमा छायाँकन भएको बलिउड चलचित्र लभ इन नेपालमा अभिनय गरेको कारणले नायिका बज्राचार्यको नेपाल र बलिउडमा निक्कै चर्चा परिचर्चा र आलोचना पनि भएको थियो । नायिका बज्राचार्य पछिल्लो समयमा चलचित्रमा देखापरिरहेकी छैनन् ।

सर्ब प्रथम मिस नेपालको प्रतियोगिता सन् १९९४ मा भएको थियो नेपालकि प्रथम मिस नेपाल रूबि राणा थिइन् । राणाले पनि केहि चलचित्र र टेलिचलचित्रहरूमा अभिनय गरेकी थिइन् । उनले टेलिचलचित्र दिनकादिन चलचित्र जुनिभरिमा हँरिया आदि चलचित्रहरूमा अभिनय गरेकी थिइन । त्यसैगरी सन १९९५ कि नेपाल सुन्दरी सुमि खड्काले पनि चलचित्रमा अभिनय गरेकी थिइन ।

नेपाल सन्दरी सुमि खड्काले नायक भुवन केसिकी नायिका भएर चलचित्र सुपर स्टारमा अभिनय गरेकी थिइन । तर खड्का त्यस पछि चलचित्रमा देखा परिनन् । त्यसैगरी चलचित्र कलिउडमा आइटम डान्स गरी चलचित्र क्षेत्रमा पाइला टेकेकि नेपाल सुन्दरी मलिना जोशि चलचित्र ऋतुमा नायिका भएर अभिनय गरेकीा थिइन् । बिभिन्न चलचित्रहरूमा नायिका भएर अभिनय गरेकी जोशी पछिल्लो समयमा भने त्यति देखापरिरहेकी छैनन् ।

नेपाल सुन्दरीहरूले चलचित्रमा निरन्तरता दिन किन सकेनन् ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । त्यसैगरी नेपाल सुन्दरी जेनिशा मोक्तानले पनि चलचित्र मेरो एउटा साथीमा नायिका भएर अभिनय गरेकी थिइन् । तर त्यस पछि नायिका मोक्तानलाई चलचित्रमा देखीएन । एउटा भारतिय हिन्दि म्युजिक भिडियोमा अभिनय गरेर चर्चित भएकि नेपाल सुन्दरी सृष्टि श्रेष्ठले चलचित्र गाजलुमा नायक अनमोल केसिकी नायिका भएर प्रबेश गरीन् । गाजलु पछि केहि चलचित्रहरूमा अभिनय गरेकी नायिका श्रेष्ठ पछिल्लो समयमा चलचित्रमा देखा परेकी छैनन् ।

नायक सौगात मल्लसँगको प्रेम प्रशगको कारणले भने उाी चर्चामा रहेकी छिन् । चलचित्र क्षेत्रमा प्रबेश गरेका अधिकाश नेपाल सुन्दरीहरू सफल भने हुनसकेको देखिए । त्यति मात्रै होइन चलचित्रहरूमा स्थापित त के निरनतरता समेत दिन सकेनन् । अधिकाश नेपाल सुन्दरीहरू चलचित्रमा रहर र शोखले मात्र पवबेश गरेको जस्तो पनि देखिन्छ । त्यसोत पछिल्लो समयमा चलचित्र पिच्छै नयाँ नयाँ नायिकाहरू देखापरिरहेका छन् । यसकारणले पनि कतिपय नायिकाहरूलाई चलचित्रमा निरन्तरता दिन र चलचित्रमा स्थापित हुन गा¥हो भइरकेको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया