मैदानमै हानाहान, एकै खेलमा ८ वटा रातो कार्ड

एजेन्सी, अमेरिका । दक्षिण अमेरिकाको ठूलो क्लब फुटबल प्रतियोगिता कोपा लिबेर्टाडोरेजको एउटै खेलमा आठ खेलाडीले रातो कार्ड पाएका छन् । समूह चरणअन्तर्गत शुक्रबार भएकोे ग्रेमिओ क्लब र इन्टर नासिओनलबीचको खेलमा रेफ्रीले दुवै टोलीका चार चारजना खेलाडीलाई रातो कार्ड देखाएका हुन् ।  खेल गोलरहित बराबरीमा सकिन लाग्दा अतिरिक्त समयमा दुवै तर्फका खेलाडी झगडामा उत्रिएका थिए । मैदानमा खेलाडीबीच एकले अर्कोलाई किक हान्न थालेपछि रेफ्रीले रातो कार्डको वर्षा गरेका थिए ।

खेलाडीबीचको झडपले केही समय मैदान रणमूमिमा परिणत भएको थियो । बराबरीसँगै समूह ‘ई’ मा रहेका यी दुवै टोलीले एक एक अंक बाँडेका छन् । समूहमा दुवैको समान चार अंक छ । कोपा लिबेर्टाडोरेजमा सर्वाधिक रातो कार्ड भएको भने यो दोस्रो पटक हो । यसअघि सन् १९७१ मा बोका जुनियर र स्पोर्टिङ क्रिस्टलबीचको खेलका १९ खेलाडीले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया