सामाजिक-आर्थिक त्रासका रूपमा कोरोना

यस प्रकारको जोखिमको बाहुल्यता नेपालका अतिरिक्त समस्त दक्षिण एशिया क्षेत्रमा नै उच्चगतिमा रहेको पाईन्छ । यस क्षेत्रमा रहेको अत्यधिक जनसंख्या वृद्धिको कारण बहुुुसख्यत जनसमुदायमा विशेषगरी स्वास्थ्य सम्बन्धी चेतनाको अभावले फोहर खानेकुराको प्रयोगमा अत्यधिकता, दुषित पानीको संसर्गका साथै सफासंग हात धुने संस्कृतीको विकास नहुनु, खुला सिमाको सही ब्यवस्थापनको अभावले कुनै पनि समय कोरोना भाइरसले महामारीको रूप धारण गर्न सक्ने सम्भावनालाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन

आज नेपाल लगायत विश्व जनसमुदायमा नोवल कोरोना भाइरस ( कोभिङ—१९) को त्रास व्यापक रूपमा छाएको छ । यदि संक्रमितको संख्या न्यून मात्रामा रहदो हँुदो हो सायद यति ठूलो मात्रामा मानसिक त्रासको सामना गर्नुपर्ने नै थिएन । समस्याले विकराल रूप लिएको हुँदा आम जनमानसलाई यसको सम्भावित प्रकोपबाट कसरी सुरक्षित राख्ने भन्ने प्रश्नले जनस्वास्थ्यको क्षेत्रमा प्रमुख चिन्ता एवं चर्चाको प्रशस्ति बटुलेको हो ।

प्रकोपको कहालीलाग्दो अवस्थालाई मनन गर्दै अभियानकै रूपमा आपतकालीन विपत्त व्यवस्थापनको क्षेत्रमा सुझबुझका साथ पूर्व तयारीको अवस्थामा रहनु पर्ने हुन्छ । किनकि वर्तमान अवस्थामा यसको जोखिम मुलुकभित्र टड्कारोरूपमा देखिएन भन्दैमा लापरवाही गर्ने समय भने पक्कै पनि होइन । उच्च जोखिमयूक्त अवस्था सिर्जना हुन गएमा कसरी व्यवस्थापन गर्ने भन्ने नीतिलाई राज्यले आत्मसाथ गर्दै हरेक आम नागरिक जनसमुदायलाई चौबिसैघण्टा तयारीमा रहन सक्ने वातावरणको निर्माण गर्नुपर्ने हुन्छ । साथै कोरोना संंक्रमणप्रति जनस्वास्थ्यमूलक चेतनाको अभिवृद्धि गराउँदै सजक रहने प्रयास गर्ने हो भने, प्रकोप न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकिने पनि होइन ।

तथापि संक्रमित कोराना भाइरसको सन्दर्भमा यदि सरोकारवाला पक्ष लगायत नागरिक समाजले वेलामै उचित ध्यान एवं संरक्षण गर्न नसक्ने हो भन,े नेपालको आन्तरिक तथा बाह्य ब्यापारको क्षेत्रमा उच्च गतिको गतिरोध उत्पन्न हुने कुरामा कुनै आशंका रहने छैन । किनकि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ८ दशमलव ५% को हाराहारीमा राख्ने लक्ष्य लिएता पनि सम्भावित संक्रमणको प्रभाव पर्न गएको खण्डमा अवरोध उत्पन्न भई लक्ष्य अनुसारको प्रगती हासिल गर्न अवश्य पनि कठिनाई उत्पन्न हुनेछ

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च—जनघनत्वको प्रभाव, अव्यवस्थित सहरीकरण एवं वसोवासका साथै स्वास्थ्यमूलक जनचेतनाको अभावका कारण उच्च जोखिमको क्षेत्रमा रहेको तथ्यलाई औल्याएको हुँदा क्षणिकरूपमा हुन जाने लापरवाहीले अपार जनधनको क्षति व्यहोर्नुपर्नेतर्फ सजक एवं सतर्क रहन भनिएको छ । यती हुँदा हुँदै पनि समयमै यथोचित ध्यान पु¥याउन सकेनौँ वा वेवास्ता ग¥यौ भने संक्रमणको वास्तविक जिम्मेवार स्वयंम हुने तथ्यलाई अन्यथा लिन मिल्दैन । कोरोना संक्रमणको प्रभाव आजको दिन सम्ममा आई पुग्दा विश्वका करीव–करीब १२० भन्दा अधिक राष्ट्रमा भित्रिसकेको हुदा नेपालमा पनि जुन सुकै वेला संक्रमित हुन सक्ने तर्फ चनाखो रहनु पर्नेछ ।

यस प्रकारको जोखिमको बाहुल्यता नेपालका अतिरिक्त समस्त दक्षिण एशिया क्षेत्रमा नै उच्चगतिमा रहेको पाईन्छ । यस क्षेत्रमा रहेको अत्यधिक जनसंख्या वृद्धिको कारण बहुुुसख्यत जनसमुदायमा विशेषगरी स्वास्थ्य सम्बन्धी चेतनाको अभावले फोहर खानेकुराको प्रयोगमा अत्यधिकता, दुषित पानीको संसर्गका साथै सफासंग हात धुने संस्कृतीको विकास नहुनु, खुला सिमाको सही ब्यवस्थापनको अभावले कुनै पनि समय कोरोना भाइरसले महामारीको रूप धारण गर्न सक्ने सम्भावनालाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।

यसका अतिरिक्त हवाई एवं रेल सेवाको विकास र विस्तारले आज विश्वका हरेक मानव समुदायलाई एक आपसमा आवद्ध गराउँदै एउटै पारिवारीक पृष्ठभूमि सरहको वातावरणमा समाहित गर्दै विश्वको पारिवारिक संरचनाको घेरा साधुरो पारेको छ । जसका कारण चीनको वुहान प्रान्त्मा प्रारम्भमा देखिएको नोवोल कोरोना भाइरसको संक्रमणबाट सहजै विश्वका अधिकाशं मुलुकलाई संक्रमित एवं त्रसित बनाउन सक्षम रहेको हो भन्न सकिन्छ ।

सामान्यतया मानव समुदायसंग सम्बन्धित रहने आर्थिक, सामाजिक, राजनीतिक एवं स्वास्थ्य सेवा जस्ता क्षेत्रलाई घोषित अघोषित रूपमा त्रसित पार्दै सामाजिक विचलनको अवस्था पैदा गर्न सक्ने हुदा यस अवस्थाबाट समाजलाई मुक्त राख्नु पर्ने देखिन्छ । कोरोना भाइरसको संक्रमण चुलिए लगत्तै चीनतर्फका स्थल नाकाहरूमा प्रत्यक्ष प्रभाव पर्न जादा आयात निर्यात व्यवस्था लगभग शून्यप्राय रहन गएको पाइयो ।

जसको विकल्पका रूपमा वाध्यतावश भारतका सामुद्रिक वन्दरगाहहरू प्रयोग गरेरै भएपनि वस्तु तथा सेवा आयात गर्नुपर्ने अवस्था सिर्जना भएबाट सामाजिकक्षेत्र लगायत समग्र मुलुकको औद्योगिक क्षेत्रमा समेत ऋणात्मक प्रभाव पर्न जाने संकेतहरू क्रमश देखिएका छन् । यो हुनु भनेको मुलुकको आर्थिक—सामाजिक क्षेत्रमा कोरोनाको प्रभावले निम्ताएको प्रभावशाली जटिलताको भयाभय असरको रूपमा यसलाई चित्रण गर्न सकिन्छ ।

यसका अतिरिक्त प्रस्तुत अवस्था अझै केही समय लम्विने हो भने, मुलुकको अर्थतन्त्रमा समेत यसको नकारात्मक प्रभाव पर्नेछ । हुनतः नेपालको अर्थतन्त्रको आकार बाह्य विश्वको तुलनामा निक्कै सानो भएता पनि वाह्य मुलुकसंग लोकतान्त्रिक शासन पद्धतिको सफलतापूर्वक पुनस्थापना भए पश्चात खुला उदारीकरण अर्थ नितिका कारण व्यापारिक, आर्थिक, सामाजिक एवं वैदेशिक सम्बन्धमा उल्लेख्य अभिवृद्धि हुँदै आएको छ ।

तथापि संक्रमित कोराना भाइरसको सन्दर्भमा यदि सरोकारवाला पक्ष लगायत नागरिक समाजले वेलामै उचित ध्यान एवं संरक्षण गर्न नसक्ने हो भन,े नेपालको आन्तरिक तथा बाह्य ब्यापारको क्षेत्रमा उच्च गतिको गतिरोध उत्पन्न हुने कुरामा कुनै आशंका रहने छैन । किनकि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ८ दशमलव ५% को हाराहारीमा राख्ने लक्ष्य लिएता पनि सम्भावित संक्रमणको प्रभाव पर्न गएको खण्डमा अवरोध उत्पन्न भई लक्ष्य अनुसारको प्रगती हासिल गर्न अवश्य पनि कठिनाई उत्पन्न हुनेछ । जसका कारण मुलुकको सम्पूर्ण अर्थव्यवस्थामा नै सकुचनको परिस्थिति निम्तिने हुँदा आर्थिक विकास तथा समृद्धिको लक्ष्यमा समेत कोरोना संक्रमणको प्रभावले केही समय बिलम्ब उत्पन्न हुने देखिन्छ । भनीन्छः यसको असर नाकावन्दी र भूकम्पको भन्दा पनि कैयौँ गुणा अत्यधिक रहनेछ ।

जसको दुष्प्रभाव त्यती मात्र सिमित नरही मुलुकको आर्थिक विकासमा ठूलो हिस्सा ओगटन सफल रहेको विपेष्रणको क्षेत्रमा पनि देखा पर्नेछ । यसको मुख्य आकर्षणको केन्द्रविन्दु मानिएको जापान, कोरिया एवं खाडिक्षेत्रका कतिपय मुलुकमा कोरोनाको संक्रमणको असर देखिएको हुँदा यसको दरमा हस आउनुलाई स्वाभाविक प्रक्रिया मान्न सकिन्छ । हाल देखिएको संक्रमीत अवस्थालाई क्रमिकरूपमा सुधार गर्न सकिएन भने नेपालको मात्र नभएर विश्व समुदायको भावि अर्थतन्त्र नै धरासयी हुन सक्नेछ । त्यसैले गर्दा कोरोनाको प्रभावलाई आफु अनुकूलको व्याख्या अपव्याख्या गर्दै नकारात्मक टिकाटीपणी गर्न छोडौँ ।

जसले मानव जिवनका विविध सामाजिक पक्षलाई समाहित गर्दै त्रास सिर्जना गरेकै कारण आपूm र आफ्नो सन्ततीको भविष्यको लागि खाध्यान्न, ईन्धन लगायतका औषधिमूलोको जोहो गर्ने व्यवहारको निक्कै वृद्धि भएको देखिन्छ । यस क्षेत्रमा रहने सुरक्षा संम्वेदनशिलतालाई मध्यनजरमा राख्दै भविष्य प्रति वर्तमानमा नै सचेत रहने वानीको विकास गर्ने हो भने, यस क्षेत्रमा धेरै नै सफलता हासिल गर्न सम्भव रहनेछ ।

संक्रमित प्रस्तुत भाइरसको हालसम्म कुनै पनि प्रकारको खोप तथा औषधिको विकास नभएको हुँदा फैलिने सम्भावनालाई नकार्न मिल्दैन । विशेष गरी हावाका माध्यमबाट दुर्तगतिमा संक्रमित रहने सम्भावना रहेको हुदा आफु र आफ्नो समूहलाई यसको नकारात्मक प्रभावबाट सम्भव भएसम्म टाढा राख्नु सुरक्षित अब्बल उपायहरू हुन् ।

यति हुँदाहुँदै पनि मित्रराष्ट्र चीनको प्रभावित क्षेत्रमा अस्थाई रूपमा निर्माण गरिएका अस्पतालहरू क्रमश बन्द हँुदै जानुले यसको जोखिमको दरमा केहीहदसम्म न्यूनत्ता आएको हो भन्दा फरक नपर्ला । यस प्रकारका सूचनामूलक जानकारीको अभिवृद्धिले यस क्षेत्रमा थप सकारात्मक बन्न अवश्य पनि प्रेरणा एवं हौसला प्रदान गर्नेछ । जसले मानव मात्रको मष्तिकमा पर्न गएको नकारात्मक भावनालाई क्रमश न्यूनिकरण गर्दै कोरोना संक्रमणका सन्दर्भमा सकारात्मक बन्न अवश्य पनि सहयोगीको भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया