बुद्धिजीवीको भूमिका र दायित्वः एक विवेचना

मानिसको अन्तरमनमा लुकेर बसेको अत्यन्तै महत्वपूर्ण अन्तरवस्तुलाई बुद्धि भनिन्छ । मानव जीवनमा बाहिरी सुन्दरताले पनि केही महत्व ओगट्ने कुरालाई नकार्न सकिँदैन, तर पनि भित्री सुन्दरता (बुद्धि) ले भने ठूलो भूमिका खेल्ने गर्दछ । आफ्नो बुद्धिको माध्यमबाट नै मानिसले कर्तव्यको बाटोलाई अगाडि बढाउने गर्दछ । यही बुद्धिले पूर्ण मानिसलाई सामान्यतः बुद्धिजीवी भनिन्छ ।

बुद्धिजीवी कस्तालाई भन्दा उपयुक्त हुन्छ भन्ने विषयमा चर्चा गर्दा यहाँनेर फ्रान्सेली विद्वान जुलियन वेन्डा र इटालियन दर्शनशास्त्र ग्राम्स्कीको भनाइलाई उद्धृत गर्दा उपयुक्त हुन्छ । जुलियन वेन्डाले आफ्नो प्रसिद्ध कृति (The treason of the intellectual trans Richard Aldington (1028, rprt, New York, Norton 1969)मा बुद्धिजीवीको आकर्षण र मोहक चित्र प्रस्तुत गरेको छन् ।

उनी बुद्धिजीवीहरूलाई अति प्रतिभाशाली , मानवजातिको चेतना निर्माण गर्न नैतिकवान, उच्चतहका दार्शनिकहरूको अति सानो टोली मान्दछन् । त्यसै गरी इटालियन दर्शनशास्त्री अन्तोनियो ग्राम्स्कीले ज्ञानको उत्पादन र वितरणसँग सम्बद्ध कुनै एक क्षेत्रमा काम गर्ने जो कोहीलाई पनि बुद्धिजीवी मान्न सकिन्छ भन्नुभएको छ ।

बौद्धिक योग्यता भनेको वि.ए. को डिग्री प्राप्त गरेको या पि.एच.डी पूरा गरेको या केही त्यस्तै कुनै उपाधि हासिल गरेको, जसलाई शिक्षा भनिन्छ भन्दा विल्कुल अलग छ । बौद्धिक योग्यता भिन्दै चिज हो । यो विश्व विद्यालयबाट निस्केर समाजको नागरिक बनेपछि मात्र उत्पन्न हुन्छ ।
–एडबर्ड सइद

वास्तवमा बुद्धिजीवी भनेको बुद्धिजीवी समाजमा विशिष्ट सार्वजनिक भूमिका भएको खास सन्देश, निश्चित दृष्टिकोण , ठोस अभिवृत्ति , कुनै दर्शन वा विचार र खास जनसमूहरूलाई जनसमुलाई प्रतिनिधित्व गर्ने , मुर्त रूप दिने र राम्ररी प्रस्तुत गर्ने क्षमता सहितको प्रतिनिधिमुलक व्यक्ति हो ।

बुद्धिजीवीको भूमिकाः
मानव जीवनमा बुद्धिजीवीको ठूलो भूमिका रहेको हुन्छ । बुद्धिजीवीले समाज परिवर्तनमा ठूलो भूमिका खेल्नु पर्दछ । समाजमा भएको नकरात्मक पक्षलाई तोड्दै सकारात्मक पक्षलाई अगाडि बढाउनु बुद्धिजीवीको भूमिका हुनु पर्दछ । बुद्धिजीवीको भूमिकाको बारेमा एडवर्ड सइद भन्नुहुन्छ –“ विश्वमा धेरै विचारहरू प्रचलित छन् ।

मानिसहरू भन्दछन्, यसरी नै हामी काम गर्छौं, यही यथास्थिति हो, तपाईं यही मार्गबाट चल्नुपर्छ । तर, उहाँको लागि बुद्धिजीवीको भूमिका भनेको यथास्थितिमा प्रश्न उठाउने , सत्तालाई चुनौती दिने, खवर र सरकारी प्रतिवेदनको आधारसम्म पुग्ने कोसिस गर्ने विद्धता र ज्ञान भनी जे दिइरहेको छ त्यसको सतह मुनिसम्म पुग्ने प्रयास गर्ने हो ।”

सामाजिक जीवन र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने सबै वर्गहरूका आ–आफ्नै बौद्धिक प्रतिनिधिहरू ह्ुन्छन् । विशेषत ः आजको समाज प्रगतिशील खेमा र प्रजातान्त्रिक खेमामा बाँडिएको छ । कुनै बुद्धिजीवीहरू माक्र्सवादी खेमामा आवद्ध छन् भने कुनै बुद्धिजीवीहरू प्रजातान्त्रिक खेमामा समाहित भएका छन् । त्यसो त हाम्रो समाजमा स्वतन्त्र बुद्धिजीवीहरू पनि नभएका होइनन् ।

माक्र्सवादीहरूको एउटा दृढ मत यो रहेको छ कि क्रान्तिकारी आन्दोलनमा र त्यस्तै समाजको क्रान्तिकारी रूपन्तरणमा बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका रहन्छ र उनीहरू बुद्धिजीवी समुदायबाट आएका क्रान्तिकारीहरूलाई निकै महत्वपूर्ण ठान्दछन् । क्रान्तिमा बुद्धिजीवीहरूको भूमिकाको सम्वन्धमा माक्र्सवादको मूल धारणालाई सारभूत रूपमा माओत्सेतुङ्गले यसरी संक्षेपमा भन्नुभयो –“बुद्धिजीवीहरूको सहभागिता नभईकन क्रान्तिले विजय हासिल गर्न सक्दैन ।”

यही मान्यता प्रजातान्त्रिक आन्दोलनमा पनि लागू हुने गर्दछ । प्रजातान्त्रिक व्यवस्थालाई सूचारु रूपले अगाडि बढाउन पनि बुद्धिजीवीको ठूलो महत्व रहेको हुन्छ । अझ अहिलेको विश्वका जनता कथित प्रजातन्त्रको छहारीमा रमाइरहेको छ र प्रजातन्त्रप्रेमी बुद्धिजीवीको बुद्धिका कारण नै उहाँहरूको क्रियाशीलताका कारण प्रजातन्त्र आजको विश्वमा सफलताका साथ अगाडि बढ्न सफल भएको छ । यस कुरालाई सबै प्रजान्त्रप्रेमीले बुझेको कुरा हो र समाजका विभिन्न कुरीतिलाई हटाउन र समाजलाई समृद्ध विकसित बनाउन पनि बुद्धिजीवीले महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्नु पर्दछ पनि ।

बुद्धिजीवीको दायित्वः
मानव समाजमा अर्थात मानव जीवनमा बुद्धिजीवीले भोग्नुपर्ने जिम्मेवारी , बुद्धिजीवीले लिनुपर्ने उत्तरदायित्वलाई बुद्धिजीवीको दायित्व भनिन्छ । “ संसारका हरेक क्षेत्रले आ–आफ्ना बुद्धिजीवीहरू उत्पादन गरेको छ र बुद्धिजीवीको निर्माण तिव्र आवेग छलफल र विवादमा आएको छ । विश्वको आधुनिक इतिहासमा बुद्धिजीवीहरूबिना न कुनै ठूलो क्रान्ति भएको छ न त बुद्धिजीवीहरू नभएको कुनै पनि क्रान्तिकारी आन्दोलन नै भएको छ ।

न त प्रजातन्त्रवादी आन्दोलन नै बुद्धिजीवीबिना सम्भव भएको छ । बुद्धिजीवीहरू आन्दोलनका आमाबाबु भएका छन् निःसन्देह छोरा छोरी र भतिजा भतिजी समेत भएका छन् ।” (भ्मधबचम ध। क्बष्म – च्भउचभकभलतबतष्यलक या तजभ ष्लतभििभअतगब,ि खष्लतबनभ दययपक , ल्भध थ्यचप, ज्ञढढट, पेज १०–११) यसबाट के स्पष्ट हुन्छ भने विश्वमा हुने कुनै पनि आन्दोलनलाई सफल पार्न बुद्धिजीवीको प्रमुख दायित्व रहेको देखिन्छ ।

आफ्नो अल्छिपना, अस्थिरता र असक्षमतालाई पूर्णरूपमा हटाएर समाजमा भएका महत्वपूर्ण कार्य , रचनात्मक कार्यलाई सहजकता साथ अगाडि बढाउनु नै बुद्धिजीवीको दायित्व हो । आजको संसार पैसा र रूपमा पनि विकेको छ । तसर्थ पनि बौद्धिक व्यक्तिको पूर्ण रूपमा कदर हुन सकेको छैन । तसर्थ पनि आफ्नो बौद्धिकताको प्रदर्शनबाट समाजमा भएका विकृति हटाई समाजलाई स्वच्छ बनाउनु पनि बुद्धिजीवीको दायित्व हो ।

घर , समाज, देश , विश्वलाई सक्षम बनाउन बुद्धिजीवी निडर भएर अगाडि बढ्नु परेको छ । संसारमा सबैभन्दा सफल व्यवस्था जनता केन्द्रित व्यवस्था, लोकतान्त्रिक गणतन्त्रलाई जोगाइ राख्नु पनि बुद्धिजीवीको मूल दायित्व हो । यसरी बुद्धिजीवीको भूमिका र दायित्वलाई विवेचना गर्न सकिन्छ ,………………….. धन्यवाद ।

प्रतिक्रिया