‘आवरणमा सहज उद्योग वाणिज्यको चुनाव’

              चित्रासिहं गाउँले

कालिकोट उद्योग वाणिज्य संघ निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन आवरणमा अत्यन्तै सहज देखिएको थियोे । निर्वाचनको आन्तरिक पक्षमा जाँदा ज्यादै गम्भीर छ । निर्वाचन जितेको खुशीमा सडकमा नाच्नु जति आनन्द छ, त्योभन्दा कैयौँ गुणा बढी दुःखद र संघर्ष हुन्छ निर्वाचनमा । मैले तत्कालीन (एमाले) को सचिवको हैसियतमा पार्टी एकता पूर्व बामपंथी गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजक भएर पार्टी जिम्मेवारी बहन गरिरहँदा संघ र प्रदेशसभा निर्वाचनमा गरेको दुख मेरा लागि यो भन्दा कम थियो ।

सहजै रूपमा निर्वाचन जित्न सकिने विश्वास र हजारौँ कार्यकर्ताको लस्करले गर्दा संसदीय निर्वाचन पनि सहज भयो । यतिबेला वाणिज्य संघको निर्वाचनमा धेरैका लागि जीवन मरणको संघर्ष बन्यो । मेरो अन्तरमनले विश्वास गरे अनुसार कालिकोट उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत हुनुपर्ने हाम्रो पार्टी (नेकपा) भित्रपनि सोच थियोे । त्यो सोच हुनुमा चुनावी परिणामप्रति ढुक्क हुन नसक्नु पनि एक हो । व्यापारीहरूको संस्थाका नाममा व्यापारीहरूलाइ सर्वसम्मत नेतृत्व चयन गर्न दिनुपर्ने भन्ने त थियोे नै तर, त्यो भित्र चुनावी परिणाम प्रतिको आसंका पनि थियोे ।

कालिकोट नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को पकट भूमि हो । यद्यपी यसपकट भूमिमा रहेका कार्यकर्ताहरू विवेकपूर्ण तरिकाले अहस्तक्षेप सहि तरिकाले चल्न पाउँदा ऐतिहासिक जिम्मेवारी वहन गर्न सक्छन् भन्ने यो चुनाव अर्को उदाहरण हो । फागुन ८ गतेका लागि तोकिएको चुनावी साधारणसभा मुख्यमन्त्रीबाट उद्घाटन गर्ने तयारी संघले गरेको थियोे । हामी त्यतिखेरबाटै निर्वाचन तयारीमा जुट्दै थियौँ । अघिल्लो निर्वाचन पराजय व्यहोर्नु परेको पीडित व्यक्ति हुनुको कारण रतन शाहीलाई उम्मेदवार बनाउनुपर्छ भन्नेमा पार्टी नेतृत्वको एकमत थिएन ।

जसलाई निर्वाचनमा अघि सार्दा निर्वाचन परिणाम हाम्रो पक्षमा आउँछ उसैलाई उम्मेदवार बनाउनुपर्ने बाध्यता जस्तै थियो । यद्यपी एकपटक अध्यक्षमा उठेर पराजित व्यक्ति भएकै कारण सहानुभूति पाउन सकिन्छ भन्दै पार्टी नेतृत्व तहमा सोच पलायो । व्यापारी तहमा अध्यक्ष उम्मेदवारी अर्को हुँदापनि हुन्छ भन्ने ठूलो चाहना थियो । हामी निकट व्यापारीहरूबिच असमझदारीमा हाम्रो पार्टी नेतृत्व फागुन ६ गतेको प्रदेश पार्टी भेला र फागुन ७ गतेको प्रदेश कमिटी बैठक केन्द्रित भैरहँदा वाणिज्य संघले तोकेकै दिन फागुन ८ गते चुनावी साधारणसभा उद्घाटन गर्नुपर्नेछ भनेर कालिकोटका हाम्रो पार्टी बाहेक सबै दल लागे ।

वाणिज्य संघको निवर्तमान नेतृत्व फागुन ११ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट साधारणसभा उद्घाटन गराउन चाहन्थ्यो । नेपाली कांग्रेस नेताहरू वाणिज्य संघको निर्वाचन फागुन ८ मै गर्न प्रयासरत थिए । म सुर्खेतको पार्टी कार्यक्रम राम्रोसँग नसकिदै वाणिज्य संघको निर्वाचन केन्द्रित भएर जिल्लामा फर्केकै कारण हाम्रो पार्टी अध्यक्ष र सचिव कालिकोटमा नहुँदा पनि सर्वदलीय मार्फत मैले यो मिति तय गराउन पहल गरेर सफल पनि भयौँ । हाम्रा आस्थावान व्यापारीहरूको भूमिका पनि फागुन ८ मा साधारणसभा हुन नदिन प्रभावकारी बन्यो ।

फागुन ८ लाइ तोकिएको साधारणसभा यदि फागुन ८ मैले नगरेको खण्डमा उद्योग वाणिज्य महासंघको राष्ट्रिय महाधिवेशन भन्दा पछि गर्नुपर्छ भन्ने चाहनालाई हामी बिचमै तुहाउन सफल भयौँ । २१ गते मुख्यमन्त्रीबाट साधारणसभा उद्घाटन गराउने उद्देश्य मुख्यमन्त्रीको शारीरिक अवस्थाले साथ नदिँदा समय नमिलेर उहाँ प्रदेश बाहिर भएकाले जिल्ला स्तरकै अग्रजहरूबाट उद्घाटन भयो । बिचमा विभिन्न विदाको कारण चुनाव २७ गतेकेन्द्रित गराइयो ।

साधारणसभा उद्घाटन पश्चात् वाणिज्य संघको निवर्तमान नेतृत्वले फेरि संघको नेतृत्व लिने चाहना प्रकट गर्यो । नेपाली कांग्रेस आस्थावान व्यापारीहरूले राप्रपा निकट व्यापारीलाइ पटकपटक काँध थाप्न नसकिने भन्दै कुनैपनि हालतमा संघको नेतृत्व आपूm निकट व्यापारी मध्यकोले गर्नुपर्ने अडान राखे । यद्यपी साधारणसभामा व्यापारीबिच जिल्लाका नेकपा निकट बाहेक सबै दल निकट व्यापारीहरूको मत सर्वेक्षण गर्दापनि आपूmहरू कमजोर रहेको विषयले कांग्रेस आस्थाका व्यापारीहरूमा साधारणसभा भाँड्ने इच्छा पलायो ।

साधारणसभामा ५१ प्रतिशत उपस्थिति नभएको भन्दै प्रक्रिया अघि बढ्न नदिने र यदि प्रक्रिया अघि बढाउँदा मतदाताको अन्तिम नामावली प्रकाशन भैसके पश्चात् पनि विभिन्न बहानामा आफ्ना मतदाता बढाउने खेल सुरु भयो । साझा प्यानलको नाममा जिल्लाका दलीय व्यापारी गठबन्धन बनाएर कांग्रेस चुनावमा होमियो । हाम्रो पार्टी नेतृत्व अध्यक्ष कमरेड धनजीत शाही र सचिव कमरेड नगिन्द्र शाही (नेशनल) ले हाम्रा अन्य नेताहरूलाई समेत साथसाथै राख्दै वाणिज्य संघको नेतृत्व सर्वसम्मत गर्न हाम्रो पार्टी कार्यालयमा पटक–पटक सर्वदलीय कसरत अघि बढाइरहनु भयो ।

पार्टी भित्रकै म लगायत कमरेड तुलाराज मल्ल, रवीन्द्र शाही, दिनेश चदाँरा, कमल शाहीलगायतको टोलिलाई व्यापारी परिचालनसहितको निर्वाचन रणनीति कार्यदल बनाएर अघि बढाइयो । हाम्रो जिम्मेवारी बहन गर्न हामी अविचलित रूपमा दिनरात व्यापारीहरूका साथमा हिड्यौँ । पार्टीका जिल्लाभरिका नेता र कार्यकर्ताहरूलाइ सम्पर्कमा राख्दै उम्मेदवार चयन गर्न र मतदाता केन्द्रित गर्दै निर्वाचन जिताउन हाम्रो टोली ऐतिहासिक रूपमा सफल भयो । स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरू पार्टीलाइ अटेर गरिरहेका छन् भन्ने भान हुने गरेको थियो ।

त्यसको अन्त्य गराउन यसपटक स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरू सफल भएका छन् । निर्वाचनको मतदान केन्द्र आसपास र हाम्रो पार्टी कार्यालय केन्द्रित जनप्रतिनिधिहरूको निर्वाचनप्रतिको चासो र चिन्ताले उहाँहरूमा पार्टीप्रतिको गहिरो माया झल्झल्ती देख्न पाइन्थ्यो । पार्टीका जिल्ला कमिटी र तल्ला कमिटीका कार्यकर्ताहरू वास्तवमै (नेकपा) एक ढिक्का छ भन्ने शन्देस चुनावी मैदानमा प्रगतिशील प्यानलका हाम्रा व्यापारीहरूलाइ निर्वाचन जिताउँन देखाइरहेको सक्रियताले पुष्टि गर्दथ्यो ।

कालिकोटका सम्पूर्ण नागरिक संगठन मध्ये वाणिज्य संघमा नेकपा निकट व्यापारीहरूले मूल नेतृत्व कहिले पाएनन् । यसपटक नेतृत्व पाउँदा नेतृत्व ऐतिहासिक रूपमा सफल बन्न पर्दछ । निर्वाचनका बेला मतदान गरिरहेका व्यापारीहरूले उम्मेदवारका साथसाथै हाम्रो पार्टीप्रतिको भरोसाल व्यापारी संस्थाको चुनावमासमेत उम्मेदवारहरूमा खर्चको कुनै बोझ नपारेर मतदान गरिदिएका छन् । अब नाजुक स्थितिमा रहेको वाणिज्य संघलाई संस्थागत रूपमा बलियो बनाउन हाम्रो पार्टीको भूमिका अब्बल रहनुको विकल्प छैन ।

निर्वाचनमा मत मागिरहँदा हाम्रो पार्टी निकटका उम्मेदवार भएपनि अब सबै व्यापारीहरूको नेतृत्वका रूपमा स्थापित हुदै वाणिज्य संघको अधुरो भवन निर्माण गर्न र व्यापारीहरूले कर कारोबारका लागि जुम्ला धाउँने कार्यको अन्त्य गर्न लगायतका विशेष सवालमा यो नेतृत्वको सक्रियता विशेष ढंगले स्थापित देख्न पाइयोस् । निर्वाचनका बेला हामीलाई हरेक ढंगले साथ दिने सम्पूर्ण पेशा व्यावसायीहरू र मतदातामा विशेष आभार छ । निर्वाचित जनप्रतिनिधिमा कार्यकाल सफलताको हार्दिक हार्दिक शुभकामना ।

प्रतिक्रिया