मानव विकासका लागि महिला विकास हिजो र आज

महिलाहरूको जीवन दर्शनमा एउटा अर्को पाटो पनि छ । त्यो हो ,नेपाली महिलाहरूको फरक ढंगको जीवन शैली । अचम्मको कुरा त के भने जति सुकै व्यस्त भएपनि वा आधुनिक परिवेशले गाँजे पनि अझै पनि नेपाली महिला हरूमा धर्म कर्म र संस्कार संस्कृतिप्रतिको आस्था मरेको छैन ।

संयुक्त राष्ट्र संघको विश्वव्यापी घोषणा पत्रले मानव विकासको आधार स्तम्भका रूपमा महिला विकासलाई निर्दिष्ट गरेको छ । महिलाको समद्धिका लागि लंैगिक समानता र विकास अपरिहार्य छ । सो प्राप्तिका लागि महिलामाथि हुने हरेक विभेद तथा हिंसाविरुद्ध आवाज बुलन्द गर्दै विगतमा महिला अधिकारकर्मी हरूले संसार हल्लाउने अभियान चलाए ।

महिला माथि हुने हरेक विभेद त्यो चाहे संचार क्षेत्र बाट होस वा संविधान प्रदत्त कानुनी क्षेत्रमा होस्, महिलाको मानव अधिकारसँग सरोकार राख्ने हरेक अवयवसँग महिला अधिकारकर्मीकहरू बहस र वकालतीमा खास सरोकार रहने गरेको छ । अझ हाम्रोजस्तो विविध जातीय तथा भाषिक समुदाय भएको देशमा त महिलाभित्र पनि समावेशीताको आधारमा महिला विकासका आधार स्तम्भ र मुद्दामा विविधताको आवश्यकता रहन्छ पनि । सामाजिक रूपान्तरणसहितको नयाँ नेपालको नारालाई यदि संस्थागत गर्ने हो भने यी यस्ता वकालती पहलहरूको आवश्यक पनि छ ।

महिलाको सम्पत्तिको अधिकार शिक्षामाथिको अधिकार स्वास्थ्यलगायत मानव अधिकारका विभिन्न सवालमा महिलाका लागि विभिन्न राष्ट्रहरूमा महिलामैत्री संविधान र सोसँग प्रत्यक्ष जोडिएका कानुनहरू बने र बन्ने क्रममा छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् बनेको नयाँ नेपालको संविधान (२०७२) ले महिलाको मानव अधिकार रक्षार्थ थूप्रै धाराहरूको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएको मौलिक हकअन्र्तगत महिलाको हकलाई धारा ३८ ले प्रत्याभूति दिलाएको छ ।

जस अन्र्तगत महिलाको सम्पत्तिमाथिको हक अधिकार, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धि हक, महिलामाथि धार्मिक, सांस्कृतिक, परम्परा वा कूनै प्रचलनका आधारमा मानसिक शारीरिक, सामाजिक, सांस्कृतिक। सांस्कृतिक परम्परा प्रचलन वा कूनै आधारमा शारीरिक, मानसिक, यौन जन्य, मनोवैज्ञानिक वा अन्य कूनै किसिमको हिंसा जन्य कार्य वा शोषण गर्न नपाइने यदि सो गरेको पाइएमा कानुनबमोजिम दण्डनीय हूने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउनुपर्ने हकको प्रत्याभूति गरेको छ ।

राज्यका सबैै निकायमा महिलालाई समानुपातिक र समावेशी शिद्धान्तको आधारमा सहभागी हुन पाउने हकको प्रत्याभुति समेत गरेको छ संविधानले । त्यस्तै, सामाजिक न्यायको हकलगायत राज्यका नीति निर्देशक सिद्धान्तले समेत महिलाका हक र अधिकारको दायरा लाई अझै फराकिलो बनाई दिएको छ । फरक मात्र महिलालाई सामाजिक न्याय दिन समाज नै अगुवा हुनु पर्ने कारण समाजको सोचमा परिर्वतन नभई महिलाले सामाजिक न्याय पाउनमा हुने गरेका व्यवहारिक कठिनाइ प्रसस्त छन् ।

स्वस्थानी पुस्तकमा रहेका महिलामाथि हिंसा गराउने कथाका पानाहरू च्यात्नुपर्छ भन्दै नेकपाकी संसद् सावित्री सुवेदीको प्रस्तावले भर्खरै मात्र नेपालको संसद भित्र र बाहिर हंगामा ग¥यो । हुन पनि पुरुष भएपछि सत्तरी वर्षका वृद्धले सात वर्षकि कन्या बिहे गर्न पाइन्छ, पार्वतीका श्रीमान् श्री महादेव विष भांग धतुरो खाने कसरी देवता भए, किन पुजा गर्ने जस्ता सतही विश्लेषण मात्र गर्ने हो भने पक्कै पनि स्वस्थानी महिला हिंसाका पूरक वा श्रोतको रूपमा लिन बाध्य होइन्छ र यो च्यात्नैपर्ने हो मानवीय धर्मको हिसाबले तर स्वस्थानीको मूल ग्रन्थमा केके छन् ? मात्र भारतबाट आयात गरिएका र समय कालअनुसार आफ्नै फाइदामा तोड मरोड गरिएका स्वस्थानीका सहायक ग्रन्थक र तत्कालीन समाजलाई नैतिक धरातलमा समाहित गर्न लेखिएका पवित्र ग्रन्थलाई च्यातौँ भन्दै सदनभित्र र बाहिर बसेर फलाक्ने हरूलाई हेक्का हुनुपर्छ धर्मनिरपेक्ष राष्ट्रको संविधानले कुनै पनि धर्मको आलोचना अवहेलना गरी खलल पु¥याउनु दण्डनीय हुने व्यवस्था गरेको छ ।

हाम्रो देशको संविधानमा मौलिक हकअन्र्तगत धारा २६ ले धार्मिक स्वतन्त्रताको व्यवस्था गरेको छ । जसमा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिले आफनो आस्था अनुरूपको धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्न पाउने अधिकारको प्रत्याभुति गरेको छ । उपधारा ३ ले कसैका धर्म प्रति खलल पर्ने व्यवहार गर्न वा गराउन नहुने र गराएमा कानुनबमोजिम दण्ड सजाए हुने समेतको प्रत्याभुति गरेको छ ।

यस अर्थमा स्वस्थानीका पाना च्यात्नु पर्छ भन्ने अर्मादित र कुनै समुदाय विशेषका आस्था माथि खलल पु¥याउने बहस संसदमा चलाउने सभासद सुवेदीलाई आम हिन्दु लगायत अन्य स्वस्थानी सँग सरोकार राख्ने महिला जमातको आस्था संग प्रत्यक्ष सरोकार रहेको स्वस्थानी धर्म ग्रन्थका बारेमा गरेका नकारात्मक टिप्पणी र बहसमा वैधानिक प्रश्न गर्न सकिने थुप्रै आधारहरू छन् ।

नेपाल उसै पनि धर्म निरिपेक्ष राष्ट्रको रुपमासंविधानकै तहमा रुपान्तरितभई सकेको छ । त्यसैले नेपालका प्रत्येक नागरीकले वा सवै धर्मावलम्बी हरूले आआफना धर्म संस्कृति संस्कार स्वेच्छाले अभ्यास गर्न पाउने परम्परागत र संवैधानिक प्रद्धत मौलिक हक समेत छ । तर देशमा विद्यमान मौलिक सनातन धर्म र सो माथिको आस्थालाई खलल पार्ने अधिकार कसैलाई छैन ।

वास्तवमा महिलाको विकास लगायत महिलाका अधिकारहरू को रक्षा गर्न कुनै धार्मिक आस्था राखेकै आधारमा रोकिने पनि होइन । तात्कालिन समाजमा नैतिक पाठ सिकाउन बुझाईको क्षमता , समाजको चेतनाको स्तर अनुसार निर्धारण गरिएका काल्पनिक पात्रहरू मात्र हुन् श्री स्वस्थानी र त्यस भित्रका पात्रहरू ।

हुन पनि हाम्रो समाज पति पत्नि एक अर्काको पुरकको रुपमा लिईन्छ । नारी पुरुष एक रथका दुई पाँग्राका रुपमा व्याख्या गरिएका छन् । अर्थात जीवन रुपी सवारी समान र सामान्य रुपले चल्न यी दुई पाँग्रा चलायमान र स्वस्थ्य र संग्लो हुनु पर्छ भनिएको हो । तर्सथ महिला र पुरुष बीचको सम्बन्ध सुमधुर बनाउन आफना श्रीमान प्रतिको आस्था धर्म र कर्तव्य निर्वाह गर्न केही मौलिक र सामान्य अनि अहिलेको परिवेशमा अप्ठेरो महशु गरोउने शव्दहरू श्रीमानलाई रीसले हेरे डेडी हुन्छे भन्ने शब्द सम्म राखिएका छन् ।

आलोचनाकै क्रममा स्वस्थानीका पात्र शिवजीलाई गाँजा धतुरो खाने लगायतका आरोप सहित महिला हिंसाका कारक स्वस्थानी मा रहेका यी यस्ता धार्मिक र सांस्कृतिक प्रावधानहरू हुन् र यस्ता ग्रन्थका पाना च्यात्नु पर्छ भन्ने सतही दाबी गर्ने अधिकार सांसद सावित्रीलाई छैन । धर्म संस्कार संस्कृति कुन मान्ने र नमान्ने अधिकार सवैलाई छ तर अरुका आस्थामा खलल पु¥याउने र सामाजिक सदभावमा खलल पु¥याउने अधिकार कसैलाई दिदैन धर्म निरपेक्ष राष्ट्रमा नेपालमा ।

विर्सनै नहुने तथ्य के हो भने नेपाल यस्तो देश हो जहाँ हिन्दु र बौद्ध लगायतका विविध धर्म सम्प्रदायका मौलिक धर्म र संस्कृति एक आपसमा जेलिएको छ । विगतका राज्य व्यवस्थाले धार्मिक आस्थाका कारण मानव जीवनलाई प्रतिकुल नहोस भनि हिन्दूहरू का आराध्य देव पशुपति नाथको दर्शन भक्तपुरका नव दुर्गाले गर्ने देखि लिएर वैशाख पूर्णिमामा बुद्धको मुकुट पशुपति नाथको शिरमा पहि¥याउने धार्मिक र सांस्कृतिक परम्परा जस्ता फरकपन रहेका हाम्रा मौलिक धर्म र संस्कृतिकको विकास गरे ।

जुन परम्पराले नेपालमा बहुधार्मिक र बहु साँस्कृतिक आस्था र परम्परा रहेका नेपालीहरू लाई एउटै मालामा उनेर सामाजिक सदभाव प्रेम र मेलमिलापको जीवन दर्शनलाई निरन्तरता दिएको छ । त्यसैले महिला हिंसा रहित समाज र महिला विकास र उन्नतीका लागि स्वस्थानीमा उल्लेखित पात्रहरू को अन्वेशण गरी महिला माथि हिंसा गराउने कु पात्र बृन्दा, हिंसा गर्ने जालन्धर, दक्ष प्रजापति हरूको निकृष्ट कार्य र महिलालाई प्रेम गर्ने, उनीहरूका अस्तित्व रक्षा र सम्मान गर्ने श्री सति र पार्वतिका पति श्री महादेव र आमालाई माया गर्ने, श्रीमतीलाई सम्मान र आदर गर्ने नवराज र बुहारीलाई माया र सम्मान गर्ने गोमाजस्ता पात्रहरूका विशेषतामा बहस गरौँ ।

सांँच्चिकै यथार्थमा भन्नु पर्दा यदि हाम्रो समाजमा सति पार्वतीका पति श्री महादेव र आमालाई माया गर्ने नवराज र बुहारीलाई सम्मान माया दिने गोमाजस्ता मानव पात्रहरू हुने हो भने महिला हिंसाका कथाहरू समाजमा ओझिलिंँदै जानेछन् ।

प्रतिक्रिया