सोचेजस्तो छैन ठमेलको पर्यटन व्यवसाय

नेपाल आउने अधिकांश पर्यटकहरू ठमेल पुगेकै हुनेछन् । ठमेल वास्तवमा नेपालको पर्यटन हव हो । सौराहा, पोखरा, लुम्बिनी र अन्य गन्तव्य बनाएर नेपाल आउने पर्यटक पनि एकपटक उपहार किन्न, घुम्न वा खाना खान ठमेल पुग्ने गर्छन् । त्यस्तै रात्रिकालीन पर्यटन केन्द्र पनि ठमेल नै मानिन्छ । ठमेलमा विदेशी र स्वदेशी पर्यटनका लागि थुप्रै मनोरञ्जन स्थल, भोजनालय, रेस्टुराँ, लज, स्पा तथा गिफ्ट शप छन् । त्यस्तै मुद्रा सटही, इन्टरनेट र बैंकिङ सुविधा पनि ठमेलमा केन्द्रित छन् ।

हरेक देशका परिकारको स्वाद चाख्ने ठाँउ हो ठमेल । यस्तो पर्यटन केन्द्रमा पनि सरकारले राम्रो बाटो बनाइ दिएको छैन । लत्रेका तार राम्ररी हटाइएका छैनन् र ढल तथा बिजुलीका पोल पनि व्यवस्थित छैनन् । पुराना सम्पदालाई आकर्षित बनाउने काम पनि हुन सकेको छैन । पानीको आपूर्तिमा धेरै नै चुनौती छ । पर्किङ्को अभाव छ । ठमेल र दरबारमार्ग क्षेत्रलाई समेटेर रात्रीकालीन पर्यटन केन्द्र बनाउने चर्चा पनि बेलाबखतमा चल्छ तर शान्ति सुरक्षा र सरसफाइको हिसाबले चौबीसै घण्टा पर्यटन व्यवसाय संचालन गर्न चुनौती छ । बत्तीको व्यवस्था पनि राम्रो छैन ।

ठमेलमा अझै पनि पर्यटन व्यवसायमा धेरै विकृति छन् । कुनै व्यवसायीले ठूलो स्वरमा गीत संगीत बजाएर पर्यटनकको निन्द्रा हराम गरिरहेका छन् । प्रहरीले कसैलाई आएर सम्झाउँछ केही दिन मथ्थर हुन्छ फेरि समस्या उस्तै । कोही व्यवसायीले प्रहरीको आदेश पनि मान्दैनन् । मधुरमा गीत संगीत प्रस्तुत गरे कति राम्रो हुन्थ्यो । अझ बिदाका दिन र शुक्रवार, शनिबार राती त ठमेल पुरै अस्तव्यस्त नै हुन्छ । चुरोट मादक पदर्थको बिक्री वितरणमा पनि वेथिति छ ।

बिदाका दिन र शुक्रबार, शनिबार राती त ठमेल पुरै अस्तव्यस्त नै हुन्छ । चुरोट मादक पदर्थको बिक्री वितरणमा पनि वेथिति छ । पर्यटन क्षेत्रमा खुद्रा चुरोट (खिल्ली) बेच्न नपाइनु पर्ने हो तर नाङ्लामा राखेर चुरोट बेच्नेहरूले निस्फिक्री व्यवसाय गरिरहेकै छन् । रेस्टुराँ र होटल सञ्चालकले कर तिरेर मदिरा बेच्नुपर्छ । केही पसलेहरूले कर नतिरीकन मदिरा र चुरोट बेच्छन् जसले गर्दा कर तिर्नेहरू मारमा परेका छन् । यो अस्वस्थकर प्रतिस्पर्धा होइन र ? ठमेलमा सडक बालबालिकाले समेत पानी, चुरोट, रक्सी र गाँजा बेच्छन् 

पर्यटन क्षेत्रमा खुद्रा चुरोट (खिल्ली) बेच्न नपाइनु पर्ने हो तर नाङ्लामा राखेर चुरोट बेच्नेहरूले निस्फिक्री व्यवसाय गरिरहेकै छन् । रेस्टुराँ र होटल सञ्चालकले कर तिरेर मदिरा बेच्नुपर्छ । केही पसलेहरूले कर नतिरीकन मदिरा र चुरोट बेच्छन् जसले गर्दा कर तिर्नेहरू मारमा परेका छन् । यो अस्वस्थकर प्रतिस्पर्धा होईन र ? ठमेलमा सडक बालबालिकाले समेत पानी, चुरोट, रक्सी र गाँजा बेच्छन् ।

प्रहरीसँग लुकामारी गर्ने यस्ता वालवालिकाले यौन विकृति पनि फैलाउने संभावना देखिएको छ । यो समस्या बाहिरवाट झट्ट हेर्दा देखिदैन तर रात छिप्पिंदै गएपछि छ्याप छ्याप्ती भेटिन्छ । तेस्रो लिंगी यौन व्यवसायी पनि चोक चोकमा बसेर ग्राहकलाई जालमा पार्ने प्रयासमा हुन्छन् । प्रहरीको निगरानी नपुगेको ठाउँमा अपराधका घटना पनि भैरहेका हुन्छन् । अझैपनि सी. सी. टी. भी प्रभावकारी भैसकेको छैन । ठमेल क्षेत्रमा देखिने अर्को समस्या मसाज व्यवसाय सँग सम्बन्धित छ । विगतमा जस्तो मसाज केन्द्र नदेखिए पनि आधुनिक स्पा र हर्वल थेरापीको नाममा मसाज चलिरहेका छन् ।

कर तिरेर, दर्ता गरेर पारदर्शी र व्यवसायी ढंगले स्पा चलाउनु पर्नेमा सबैले त्यसो गरेको पाइँदैन । यसमा पनि नियमन र अनुगमनको खाँचो छ ठमेलका पर्यटन व्यवसायी घर भाडाको समस्याबाट पनि पीडित छन् । व्यवसाय चलेको थाहा पाएपछि घरधनीले मनोमानी भाडा बढाउने गर्छन् । निश्चित अवधिको लागि लगानी गरेर व्यवसाय चलाउनेहरू घरबेटीको भाडा वृद्धिपछि व्यवसाय छोडन बाध्य हुन्छन् । महानगरपालिका र सरकारलाई थरी थरी कर तिरेर पनि ढुक्कसँग व्यापार गर्न सक्ने अवस्था छैन सरकारले व्यवसायीका यस्ता समस्या तर्फ खासै ध्यान दिन सकेको छैन ।

एकपटक रात्रिकालीन पर्यटन व्यवसायकै प्रसंग जोडौं । रातिको समयमा अर्थात् चौबीसै घन्टा पर्यटन उद्योग सञ्चालन गर्न नयाँ शैलीको व्यवस्थापन जरुरत पर्दछ । राति पनि पर्यटन प्रहरी र ट्राफिक प्रहरी परिचालन गर्नुपर्दछ । सबै ठाउँमा सीसीटीभी जोडिनुपर्दछ । अँध्यारा गल्लीलाई झिलिमिली पार्नु पर्दछ । बैंकिङ सेवा राति पनि खुल्ला राख्नुपर्ने हुन्छ । हाल ठमेल र पोखराको लेकसाइड चौबीसै घन्टा खुल्ला राख्ने हो भने कम्तीमा ती ठाउँमा पानीको सहज आपूर्ति र फोहोर व्यवस्थापनको नयाँ तरिका अपनाउनुपर्छ ।

अहिले पर्यटन केन्द्रमा होटल, लज, रेस्टुराँ, क्लब, डान्सवार, मदिरा पसल, खुद्रा पसल र अन्य पसल एकै ठाउँमा छन् । केही पर्यटकहरू नेपाली परिवेशमा रमाउन चाहन्छन्, तर कतिपय होटल लजमा बस्ने अतिथिहरू राति शान्तसँग सुत्न चाहन्छन् । ट्रेकिङ गरेर थाकेर आएका पर्यटक दिनरात होहल्ला हुने स्थानमा सुत्न सक्दैनन् । त्यस्तै अध्ययनका लागि आएका कतिपयलाई शान्त र सुरक्षित ठाउँ चाहिन्छ ।

चौबीसै घन्टा पर्यटन व्यवसाय खुल्ला राख्दा शान्त वातावरण खोज्ने पर्यटकहरू कहाँ गएर वस्लान ? यस्तो होहल्लाले लज होटलमा सुतिरहेकालाई प्रत्यक्ष असर पर्छ । उनीहरूमध्ये कोही त सुतिरहेको ठाउँबाट राति नै भौंतारिएर अन्यत्र भाग्न पनि खोज्छन् । यो प्रश्नको उत्तर कसैसँग छैन । त्यस्तै २४ सै घन्टा बार, डिस्को र मदिरा पसलहरू खुल्ला राख्दा व्यापार व्यवसाय फस्टाए पनि त्यसबाट पैदा हुने होहल्लाले अन्य सामान्य नागरिकलाई के कस्तो प्रभाव पार्ला ? त्यसतर्फ सोच्नुपर्ला कि नपर्ला ? मदिरा सेवन गरी जथाभावी बोल्दै हिँड्ने र आफूखुसी पोसाक लगाई सडकमा लम्पसार पर्नेलाई कसले कसरी तह लगाउलान् ?

प्रतिक्रिया